शुक्रबार, वैशाख २१, २०८१

यी दलित जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए।
 |  बिहीबार, जेठ १२, २०७९

राज सरगम

राज सरगम

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- २०७९ को स्थानीय निर्वाचनमा देशभरका २९३ नगरपालिकामध्ये जम्मा तीन नगरपालिकाको प्रमुखमा मात्रै दलित उम्मेदवार विजयी भएका छन्।  यो २०७४ को निर्वाचनको भन्दा ठिक आधा हो। २०७४ मा विभिन्‍न पार्टीका दलित उम्मेदवारमध्येबाट ६ जना नगर प्रमुखमा विजयी भएका थिए। यसपटक नेकपा एमालेबाट बागलुङको ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली, एमालेकै धनुषाको विदेह नगरपालिकामा बेचेन दास र नेकपा माओवादी केन्द्रबाट पुष्प बादी निर्वाचित भएका छन्। 

triton college

गाउँपालिका अध्यक्षमा ८ जना निर्वाचित भएका छन्। जसमा नेकपा माओवादी केन्द्रबाट बागलुङ ताराखोला गाउँपालिका अध्यक्षमा धनबहादुर विक, डडेल्धुराको आलिताल गाउँपालिकामा शेरसिंह पार्की, बाँके खजुरा गाउँपालिकामा डम्बर विक, सुर्खेत चौकुने गाउँपालिकामा खड्क विक र उदयपुरको ताप्ली गाउँपालिकामा ढुङ्गराज विश्कर्मा निर्वाचित भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्यूठान सरुमारानी गाउँपालिकामा झगबहादुर विश्वकर्मा, जुम्ला तिला गाउँपालिकामा भद्रबीर सार्की निर्वाचित भएका छन्। 

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए। 

माओवादी केन्द्रबाट उपमेयरमा २ जना रहेका छन्। शुक्लागण्डकी नगरपालिका उपप्रमुखमा खुम बहादुर विक र निलकण्ठ नगरपालिकाबाट उपप्रमुखमा दिपक विश्वकर्मारहेको छन्। नेपाली कांग्रेसबाट ५ जना उपप्रमुख भएका छन्। मैना बिक गुर्भाकोट नगरपालिका, सुस्मिता सापकोटा सुनार शारदा नगरपालिका, उमा गोतामे भानु नगरपालिका, कल्पना नेपाली आरूघाट गाउँपालिका, भरत गोपाली थाहा नगरपालिकमा निर्वाचित भएका छन्। 

नेकपा एमालेबाट उपप्रमुख र उपाध्यक्षमा ५ जना निर्वाचित भएका छन्। राजकला सार्की हिमाली गाउँपालिका, धनसुवा बि.क. महाशिला गाउँपालिका, मिरादेवी दास केवरत सुनवर्षी नगरपालिका, कल्पना हरिजन लुम्बिनी सांस्कृतिक नगरपालिका, वासमति चमार सरावल गाउँपालिकामा निर्वाचित भएका छन्। 

corrent noodles
Metro Mart

जनता समाजवादी पार्टी, नेपालबाट १ जना दिपो देवी पासवान महोत्तरी गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी छन्। देशभरका ६ हजार ७४३ वडामध्ये २०७४ मा  १९६ दलित वडाध्यक्ष निर्वाचित भएका थिए भने अहिले २०७९ मा उक्त संख्या घटेर १०९ जना दलित वडाध्यक्ष निर्वाचित भएका छन्। 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरु। यो वडामा सबै जनप्रतिनिधि दलित समुदायबाट चुनिएका छन्। 
दलित महिला वडा सदस्य ६ हजार ७ सय ४३ मा २०७४ मा ६ हजार ५६७ (९७.४ प्रतिशत) निर्वाचित भएका थिए। तर २०७९ को निर्वाचनमा भने दलित महिला वडा सदस्यमा ५ हजार १६३ निर्वाचित भएका छन्। यसरी हेर्दा १ हजार ४०४ दलित महिला वडा सदस्य घटेको छ। नेपाली कांग्रेसबाट २ हजार ५४१, नेकपा एमालेबाट २ हजार २८२, माओवादीबाट ९७३, जनता समाजवादी पार्टी, नेपालबाट २९३ र स्वतन्त्र तथा अन्य साना दलबाट ५०१ निर्वाचित भएका छन्। 

अधिवक्ता एवम् दलित अधिकारकर्मी भक्त विश्वकर्माले दलित प्रतिनिधित्व उत्साहजनक नरहेको बताए। उनले भने, ‘पहिला कुरा त उम्मेदवारी नै कम दिए, २०७४ मा ६ जना नगरप्रमुख थिए अहिले संख्या घटेको देखियो। उपाध्यक्ष र उपप्रमुखमा भने केही बढेको देखिएको छ। वडाअध्यक्षमा पनि घटेको छ।'

विगतको स्थानीय निर्वाचनमा दलित समुदायको सहभागिता निकै न्युन रहेको भन्दै २०७२ को संविधानले नै दलित उम्मेदवार हुनैपर्ने प्रावधानको व्यवस्था गरेपछि २०७४ पछि भने यो संख्यामा वृद्धि हुन थालेको हो। देशकै १३.८ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायलाई स्थानीय सरकारमा दलहरूले स्थान नदिएको भन्दै अझै पनि नेतृत्वको आलोचना हुने गरेको छ। 

संविधानले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य शासन सञ्चालनका हरेक तहमा सहभागिता हुन पाउने अधिकार सुनिश्‍चित गरेको छ। नेपालको संविधान २०७२ को प्रस्तावना, धारा ४, ३८ (४), ४०(१) र धारा ४२ लगायत राज्यको निर्देशक र सिद्धान्तसमेतमा समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्ने भनिएको छ। तर, संविधानको यो मूल भावना अनुसार दलित सहभागिता नभएको दलित अधिकारकर्मीहरुले नै बताउने गरेका छन्। 

राजनीतिक विश्लेषक हिरा विश्वकर्मा दलित समुदायका लागि २०७९ को स्थानीय चुनाव सन्तोषजनक रहन नसकेको बताउँछन्। उनी भन्छन्, ‘अहिलेको चुनावमा नेतृत्व तहमा दलितको संख्या ७४ को भन्दा पनि न्युन हुनु भनेको जातीय विभेद प्रखर रूपमा प्रकट हुनु हो।’

दलित समुदायबाट नगर तथा गाउँपालिकाको नेतृत्व गर्ने मेयर-उपमेयर अध्यक्ष तथा उपाध्यक्ष २०७४ सालको भन्दा पनि न्युन हुनु ठूला भनिएका पार्टी नै दलितप्रति उदार हुन नसक्नु रहेको उनको भनाइ छ।

०७४ को भन्दा सहभागीता किन घट्यो? विश्लेषक हिरा भन्छन्, ‘पार्टी नेतृत्व तहबाटै दलितलाई टिकट नदिनु। कतिपयलाई टिकट दिएर पनि मतदाता तथा पार्टी निकट कार्यकर्ताको सहयोग नहुनु नै २०७९ मा दलित उम्मेदवार घटेको हो।’ 

डडेलधुराको आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की
चुनावको अन्तिम घडीमा आएर पार्टीले टिकट दिएर समावेशीकरण देखाउन खोजे पनि हार्ने सम्भावना देखेर यस्ता अवसर दिएको बताउँछन, विश्लेषक हिरा विश्‍वकर्मा। माओवादी जनयुद्ध, २०६२-०६३ को जनआन्दोलन, महिला आन्दोलन, मधेश आन्दोलन, जात व्यवस्था विरुद्धको आन्दोलन र विभिन्न समयमा हुने जातीय छुवाछुत विरुद्धको आन्दोलनपछि दलितहरुको सहभागितालाई सुनिश्‍चित गरिएको छ। 

दलित अधिकारकर्मी गणेश विकले परिवर्तनका नाममा राज्य र विभिन्‍न दलका नेताहरु दलित तथा सीमान्तकृत समुदायमाथि निर्मम नभएको भए २०७४ मा ६ हजार ५६७ जना वडा सदस्य जितेका महिलाहरुलाई वडा अध्यक्षको टिकट दिनुपर्ने बताए। उनीहरूलाई अगाडि ल्याउन सकिने विकल्प हुँदाहुँदै पनि दलका नेतृत्व अनुदार भएको बताए। 

‘वडा सदस्य जितेका महिलाहरुलाई वडाध्यक्ष तथा विभिन्‍न नेतृत्वमा ल्याउन सकिन्थ्यो। तर ल्याइएन’, उनले भने, ‘झण्डा बोकाउनेदेखि पार्टी संगठनमा समान हैसियत दिए पनि दलित भएकै कारण टिकट दिन भने नमान्‍ने काम पार्टीबाटै सुरु हुन्छ।’

'आर्थिक अवस्था बलियो भएका दलित उम्मेदवार भेटिनु शीला खोज्‍नुजस्तै छ, अहिले पनि। तर, आर्थिक अवस्था बलियो भएका दलित उम्मेदवारले जितेका पनि छन्,' उनले भने, 'जस्तै ढोरपाटन नगरपालिकाको देवकुमार नेपालीलाई लिन सकिन्छ। उनी एक व्यवासियक हुन्। अघिल्लोपटक मेयर भएपछि उनले ढोरपाटनमा स्थानीय जनताको मन जिते।'

विश्लेषक हिरा भन्छन्, ‘राम्रो छवी बनाएका देवकुमारले जनताको मन जितेको भएर दोस्रोपटक पनि मेयर जिते। अर्को कुरा ढोरपाटन दलित समुदायको बाहुल्यता भएको नगरपालिका पनि हो।'  देशकै ठूला भनिएको पार्टी नेतृत्व तहबाटै दलितलाई टिकट चुनावको मुखैमा दिनाले पनि हार व्यवहोर्नु परेको हिरा विश्वकर्मा बताउँछन्। उनी भन्छन्, ‘उदाहारणको रूपमा सिराहाको कर्जनाहा गाउँपालिकाकी दलित उम्मेदवार गंगा पासवानले पराजित हुनु ढिलोगरी पार्टीले टिकट दिनाले हो। र, पार्टीकै उम्मेदवार भए पनि पार्टीका कार्यकर्ताले भोट नहाल्नु दलित भएकै कारण हो।’ 

२०७४ को निर्वाचनमा धेरै वडाध्यक्ष जितेको भए पनि अहिले संख्या घट्नुमा वडाध्यक्षको अधिकारको दायरा धेरै भएको बुझेपछि दलहरुले नै उम्मेदवार कम दिएको र पार्टीभित्रैबाट दलित उम्मेदवारलाई असहयोग गरिएको हिरा विश्‍वकर्माको तर्क छ। उनी  भन्छन्, ‘२०७४ को स्थानीय निर्वाचनमा धेरैलाई वडाध्यक्षमा के जानु भन्ने लागेको थियो। वडाध्यक्षमा त केही शक्ति छैन भन्ने लागेर त्यतिखेर दलितलाई अगाडि सारिएको थियो। तर यो एक कार्यकालमा वडाध्यक्षको महत्व बुझेपछि स्थानीय राजनीतिको मनस्थिति फेरियो। वडाध्यक्षको शक्ति पनि ठूलै हुँदोरहेछ भन्ने बुझे जनताले।’

दलित अभियन्ता तथा समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियार भन्छन्, ‘गाउँपालिका तथा नगरपालिकामा मात्रै होइन, अब महानगरपालिकाका मेयर र उपमेयरमा समानुपातिक समावेशी सिद्धान्त अनुसार जनसंख्याका आधारमा दलित तथा सीमान्तकृत समुदायलाई टिकट दिने र जित्‍ने वातावरण बनाउन राजनीतिक दलहरूले जिम्मेवार र अर्थपूर्ण भूमिका खेल्नुपर्छ।’

बागलुङको ढोरपाटन नगरपालिकाका नवनिर्वाचित प्रमुख देवकुमार नेपाली।
अभियन्ता प्रदीप परियारको विचारसँग सहमत हुँदै अधिकारकर्मी गणेश विक एक अनुभव सुनाउँछन्, ‘धनगढीका पूर्व मेयर नृप वडलाई स्थानीय गैरदलितले कतिपटक दलितलाई मात्रै नमस्कार गर्ने। कति उसलाई मात्रै राजा मान्ने भन्ने पनि सुनियो। एकपटक गर्‍यौं अब सधैं नमस्कार गरिन्न भनेपछि जनता तातिएर स्वतन्त्र उम्मेदवार गोपी हमाललाई जिताए। यदि कुनै गैरदलित नेपाली कांग्रेसबाट उठ्थ्यो भने अर्कै नतिजा आउनसक्थ्यो।’

वडास्तरमा भने गठबन्धन नभएका कारण दलित वडाध्यक्षको संख्या घटेको गणेश विकको बुझाइ छ। मधेशमा २०७४ मा ३ मेयर जितेको थियो तर २०७९ मा भने धनुषा बिदेह नगरपालिका प्रमुखमा बेचेन दास मात्रै विजयी भए। मधेस प्रदेशमा १३६ पालिका छन्। 

उपत्याकाभित्र दलित महिला वडा सदस्यबाहेक एकजना पनि दलित वडाध्यक्ष आएनन्। यस्तो हुनुको मुख्य कारण पार्टीभित्रको विभाजन रहेको गणेशले बताए। उनी भन्छन्, ‘हार्ने सम्भावना भएका ठाउँमा सकेसम्म दलितलाई टिकट दिने जितिने ठाउँमा भने सकेसम्म दलितलाई टिकट नदिने मनासायले पनि काम गरेको छ।’

दलित समुदायले तीन हजार वर्षदेखि जात व्यवस्था र पितृसत्ताको दोहोरो-तेहरो मार खेप्दै आएको भन्दै विभिन्‍न आन्दोलनको उपलब्धिको रुपमा स्थानीय निर्वाचन ऐन–२०७३ मा अनिवार्य दलित महिलाको व्यवस्थालाई लिन सकिन्छ। वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाका मेयर र उपमेयरमा समानुपातिक समावेशी सिद्धान्त अनुसार जनसंख्याका  आधारमा दलित तथा सीमान्तकृत समुदायलाई टिकट दिने र जित्‍ने वातावरण राजनीतिक दलबाटै सुरू हुनुपर्छ। 

वडाध्यक्षमा निर्वाचित भएका दलित उम्मेदवारहरु: 

नेकपा एमाले :

१ कालु राम सार्की दोगडाकेदार गाउँपालिका–३ 

२ गोबिन्द बि.क. बर्दगोरीया गाउँपालिका– २

३ मोहन लुहार(वि.क) टिकापुर नगरपालिका–१ 

४ सुर्यकिरण बि.क. बडीमालिका नगरपालिका–९

५ धरमपाल मिजार बडीमालिका नगरपालिका–५ 

६ गौरी सार्की जगन्नाथ गाउँपालिका – ५ 

७ अमर वहादुर वि.क. गौमुल गाउँपालिका – ४ 

८ रुद्र बहादुर नेपाली लेकबेशी नगरपालिका – ७ 

९ जय बहादुर नेपाली भेरीगंगा नगरपालिका – ११ 

१० डण्ड बहादुर विश्वकर्मा बीरेन्द्रनगर नगरपालिका–१६ 

११ राजन वि.सी. गुर्भाकोट नगरपालिका – १२ 

१२ सर्ब राज सार्की महावु गाउँपालिका –१ 

१३ गोपाल कुमार वि.सी. नारायण नगरपालिका – ८

१४ नन्द वहादुर बि.सी. गुराँस गाउँपालिका – ७ 

१५ कलम कामी आठबीस नगरपालिका – २ 

१६ गोपाले दमाई शिवालय गाउँपालिका – ५ 

१७ राम वहादुर नेपाली जुनीचाँदे गाउँपालिका – १८ 

१९ गोपाल बहादुर नेपाली छेडागाड नगरपालिका –९

२० नरपती तिरुवा सान्नी त्रिवेणी गाउँपालिका – ९ 

२१ भक्तविर सार्की तिला गाउँपालिका – ४ 

२२ मित्रलाल सुनार कालीमाटी गाउँपालिका –७ 

२३ हरि लाल दुसाध सुस्ता गाउँपालिका –३ 

२४ शिविसन सिर्पाली पुथा उत्तरगंगा गाउँपालिका –१३ 

२५ दुर्गा बहादुर वि.सी. सितगंगा नगरपालिका –१३ 

२६ नवराज वि.के. रुरुक्षेत्र गाउँपालिका –१ 

२७ कृष्ण बहादुर सार्की धुर्कोट गाउँपालिका –६ 

२८ गोविन्द वहादुर वि.क. महाशिला गाउँपालिका –६ 

२९ खिम बहादुर सुनार ढोरपाटन नगरपालिका –३ 

३० कुल बहादुर वि.क काठेखोला गाउँपालिका –३ 

३१ अक प्रसाद बि.क. धवलागिरी गाउँपालिका –२ 

३२ कष्ण नन्दन राम राजपुर नगरपालिका –५ 

३३ राजगिर दर्जि बरहथवा नगरपालिका –१३ 

३४ मन्टी कुमार मण्डल लहान नगरपालिका –१० 

३५ राम दुलार मण्डल कल्याणपुर नगरपालिका –३ 

३६ सुर्य कुमार दास वलान–विहुल गाउँपालिका –६ 

३७ जगदिश मण्डल राजविराज नगरपालिका –१४ 

३८ राम चन्द्र मण्डल रंगेली नगरपालिका –७ 

३९ सुजित कुमार मण्डल रंगेली नगरपालिका –६ 

४० अवधेश कुमार मण्डल रंगेली नगरपालिका –४ 

४१ पंकज कुमार मण्डल धनपालथान गाउँपालिका –२ 

नेकपा माओवादी केन्द्र

१ नर बहादुर बि.क पुनर्वास नगरपालिका – ९ 

२ भक्त वहादुर सुनार दोधारा चाँदनी नगरपालिका – ४ 

३ महाबीर कामी परशुराम नगरपालिका –१२ 

४ भरत राम पार्की शिवनाथ गाउँपालिका – ६ 

५ बीरबहादुर चन्द पन्चेश्वर गाउँपालिका – २ 

६ दिवान सार्कि पन्चेश्वर गाउँपालिका –१ 

८ मिन बहादुर परियार रामारोशन गाउँपालिका – २ 

९ पदम बहादुर बि.सि तुर्माखाँद गाउँपालिका–  ४ 

१० अजय कुमार वि.क स्वामीकार्तिक खापर गाउँपालिका–  १

११ धनबिर सार्की जगन्नाथ गाउँपालिका – २ 

१२ प्रेम बहादुर वि.क. सानीभेरी गाउँपालिका – ८ 

१३ हरि बहादुर चन्द बाँफिकोट गाउँपालिका –१० 

१५ भद्र बहादुर सिर्पाली त्रिवेणी गाउँपालिका – ६ 

१६ विरेन्द्र रोकाय चौरजहारी नगरपालिका –१० 

१८ शसी राम बिक चौरजहारी नगरपालिका – ८ 

१९ खगेन्द्र बिक आठबिसकोट नगरपालिका – ८ 

२० केशरमान वि.क. आठबिसकोट नगरपालिका – ३ 

२२ मंगल नेपाली ताँजाकोट गाउँपालिका – ५ 

२४ बाँचे कामी पलाता गाउँपालिका – ३ 

२५ जयराम टमोट्टा पचालझरना गाउँपालिका – ८ 

२७ करविरे कामी पचालझरना गाउँपालिका – २ 

२८ विर्ख लुवार पचालझरना गाउँपालिका –१ 

२९ पौराम कामी नरहरिनाथ गाउँपालिका – ६ 

३० देउराम कामी बिक खाँडाचक्र नगरपालिका – ५ 

३१ धर्मराज टमाटा खाँडाचक्र नगरपालिका –१ 

३२ दिपराज महतारा शुभ कालीका गाउँपालिका – ८ 

३३ जग्ग रोकाया हिमा गाउँपालिका – ४ 

३४ धन विर रोकाया हिमा गाउँपालिका – ३ 

३५ खुम्विलाल रोकाया तिला गाउँपालिका – ७ 

३६ गोर्ख रोकाया मुड्केचुला गाउँपालिका – ८ 

३७ जग बहादुर सार्की मुड्केचुला गाउँपालिका – २ 

३८देवेन्द्र चलाउने त्रिपुरासुन्दरी नगरपालिका वडा अध्यक्ष – ६ 

३९ रुद्र बहादुर परियार बनगाड कुपिण्डे नगरपालिका –

४० रमेश चलाउने सिद्ध कुमाख गाउँपालिका –१ 

४१ प्रेम बहादुर नेपाली छत्रेश्वरी गाउँपालिका – २ 

४२ कर्ण बहादुर बि.क. कुमाख गाउँपालिका – ६ 

४३ गोधन प्रसाद हरिजन पाल्हीनन्दन गाउँपालिका – ३

४४ धनिराम सुनार गौमुखी गाउँपालिका –४

४५ टोप बहादुर नेपाली रोल्पा नगरपालिका – ५ 

४६ जस बहादुर श्रीपाली पुथा उत्तरगंगा गाउँपालिका – २ 

४७ विरमान कामी पुथा उत्तरगंगा गाउँपालिका –१ 

४८ जस बहादुर श्रीपाली पुथा उत्तरगंगा गाउँपालिका – २

४९ नारायण सुनार तमानखोला गाउँपालिका – २ 

५० भद्रमणी सुनार ढोरपाटन नगरपालिका – ८ 

५१ शंङ्ख वहादुर सार्की राईनास नगरपालिका – ५ 

५२ गणेश प्रसाद विश्वकमा माडी नगरपालिका – ५ 

५३ रविन्द्र कुमार खाती ईन्द्रावती गाउँपालिका – ७ 

५४ हरी बहादुर बि.क.त्रिपुरासुन्दरी गाउँपालिका – ६ 

५५ बृजकिशोर कुशवाहा प्रसौनी गाउँपालिका – ६

५६ फेकु दास वृन्दावन नगरपालिका – ५ 

५७ जयनाथ प्रसाद कुशवाहा मौलापुर नगरपालिका –१ 

५८ शान्त नेपाली जिरी नगरपालिका – ७ 

५९ किरण कुमार पासवान लालबन्दी नगरपालिका – २ 

६० राम पदार्थ मण्डल रामगोपालपुर नगरपालिका – ८ 

६१ जयराम मण्डल विदेह नगरपालिका – ६ 

६२ प्रताप विश्वकर्मा कर्जन्हा नगरपालिका – ४ 

६३ दिनेश कुमार राम सुरुङ्गा नगरपालिका – ६ 

६४ नागेश्वर मण्डल धनपालथान गाउँपालिका – ३ 

६५ सुर्यानन्द मण्डल जहदा गाउँपालिका – ६ 

जनता समाजवादी पार्टी

६६ होप बहादुर नेपाली पालुङटार नगरपालिका – ८ 

६७ कृष्ण वहादुर परियार पालुङटार नगरपालिका –१ 

६८ रामेश्वर साह कलवार परवानीपुर गाउँपालिका – ५ 

६९ रामएकवाल साह कलवार सुवर्ण गाउँपालिका – ५ 

७० राम किशोर प्रसाद कुशवाहा देवताल गाउँपालिका– ३ 

७१ सुनिल प्रसाद कुश्वाहा आदर्श कोटवाल गाउँपालिका– १ 

७२ मनोज कुमार मण्डल एकडारा गाउँपालिका –१ 

७३ विदेही पासवान पिपरा गाउँपालिका – ४ 

७४ राजेश कुमार दास पिपरा गाउँपालिका – १ 

७५ मनोज कुमार दास शहीदनगर नगरपालिका–  ३ 

७६ अशोक कुमार मण्डल जनकनन्दिनी गाउँपालिका – ५ 

७८ सरोज कुमार मण्डल औरही गाउँपालिका–  ५

नेपाली कांग्रेस

८० ऋषि विक टिकापुर नगरपालिका – ३

८१ नर सिंह सार्की गौरीगंगा नगरपालिका –१०

८२ चिरुबहादुर विश्वकर्मा त्रिवेणी गाउँपालिका – ३

८३ पुसे कामी भेरीगंगा नगरपालिका – ८

८४ कर्णबहादुर मिजार भेरीगंगा नगरपालिका – ७

८५ जीत बहादुर सुनार भेरीगंगा नगरपालिका – ३

८६ याम बहादुर विसी पङधारी नगरपालिका – २ 

८७ किरण कुमार विक गैंडाकोट नगरपालिका – ८

८८ चक्र कामी काँटीकाँध गाउँपालिका –१

८९ बबर सिंह विक आठबीस नगरपालिका–  ५

९० राजेन्द्र कामी छायाँनाथ नगरपालिका–  ५

९१ भुमबहादुर विसी बमगाड कपिण्डे नगरपालिका –१२ 

९२ ऋषिदेव दास प्रतापपुसर गाउँपालिका – २ 

९३ जगदिश प्रसाद हरिजन जानकी गाउँपालिका – ४

९४ मनबहादुर सुनार देवदह नगरपालिका–  १०

९५ कृष्णबहादर दर्जी रामपुर नगरपालिका–  २  

९६ रमेश विक मुसिकोट नगरपालिका – ८ 

९७ हिरा बहादुर विक तमानखोला गाउँपालिका–  ३

९८ केन्द्रबहादुर सुनार जैमुनी नगरपालिका – ७ 

९९ मित्र कमाुरी परियार गोरखा नगरपालिका –१३ 

१०० रित बहादुर विश्वकर्मा दुधौली नगरपालिका – ४ 

१०१ राजन बराइली निलकण्ठ नगरपालिका–  ७ 

१०२ विरबहादुर घतानी शैलुङ गाउँपालिका–  १ 

१०३ महेन्द्र दास राजदेवी नगरपालिका – २ 

१०४ रामप्रकाश दास वरथवा नगरपालिका – ७ 

१०५ रामवती मण्डल हंशपुर नगरपालिका–  ५ 

१०६ रामचन्द्र परियार जनकपुरधाम उपमहानगरपालिका –१ 

१०७ रामखेलावन दास वरियारपट्टी गाउँपालिका–  २ 

१०८ जोगेन्द्र पासवान कन्चनपुर नगरपालिका–  ४ 

१०९ सुमन विसुन्के षडान्दनगरपालिका – ४ 

प्रकाशित: May 26, 2022| 20:20 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...