बुधबार, असार १७, २०८३

यू-२० को मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त

एन्फा टेक्निकल कमिटीको सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै मेघराजलाई यू-२० टिमको जिम्मेवारी दिएको बताएको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय यु-२० को पुरुष फुटबल टिमको मूख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्।

एन्फा टेक्निकल कमिटीको सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै मेघराजलाई यू-२० टिमको जिम्मेवारी दिएको बताएको हो।

केसी गएको फागुनमा सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक थिए । विगतमा थ्रिस्टारबाट धेरै सफलदता पाएका मेघराज नेपाली घरेलु फुटबलमा चिर परिचित नाम समेत हो।

उनले एन्फासँगको कुराकानीमा भारतमा साफ यू-२० को प्रतियोगितामा केन्द्रित रहने बताएका छन्। 'हामीले त्यो साफपछि मात्र एएफसीको प्रतियोगिताको तयारी थाल्नेछौं,' उनले भनेका छन्।

साफ यू-२० प्रतियोगिताको पहिलो खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, दोस्रो खेलमा मादिभ्सविरुद्ध र तेस्रोमा भारतविरुद्ध नेपालले जुलाई २७ र ३१ तारिखमा खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। उक्त खेल अगस्त २ मा हुनेछ।

यता एएफसी एसिया कपको छनोटका लागि भने नेपाली टिम कतार, बहराइन, बंगलादेश र भुटान रहेको समूहमा छ। यो छनोट खेल आउँदो सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ। यो छनोटमा नेपालले पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर १० मा खेल्नेछ भने त्यसको दुई दिपछि कतारसँग खेल्नेछ।

त्यस्तै, नेपाल र बहराइनको खेल सेप्टेम्बर १४ मा हुनेछ भने बंगलादेशविरुद्धको खेल सेप्टेम्बर १८ मा हुनेछ। यू-२० को छनोट खेल आउँदो जुन ४ देखि ७ तारिखसम्म एन्फा कम्प्लेक्समा हुनेछ।

प्रकाशित: May 26, 2022| 11:58 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।