शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन [तस्बिरहरू]

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन [तस्बिरहरू]

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

धनगढी- नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्।

National life

धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका हुन्। मेडिकल कलेज सञ्चालनका लागि  भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासी आन्दोलित बनेका हुन्।

अत्तरियामा लोकराज पाण्डे (आगो)को संयोजकमा युवाहरू आन्दोलित बनेका छन्। धनगढीमा संयुक्त नागरिक आन्दोलनको नाममा विरोध भइरहेको छ। 

आज बिहानैबाट धनगढीमा तीन स्थानमा गेटा मेडिकल सञ्चालनको पक्षमा हस्ताक्षर संकलन थालिएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए। 

'हामीले बिहान धनगढीका तीन स्थानमा हस्ताक्षर संकलन गरिरहेका छौं। हाम्रो एउटै माग छ, गेटा मेडिकल कलेजमा स्वास्थ्य सेवासहित पठनपाठनको व्यवस्था हुनुपर्छ,' उनले भने, 'हस्ताक्षर संकलनपछि हामीले प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई उक्त हस्ताक्षर पठाउने छौं।' 

Laxmi sunrise bank
kumari

शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने उनले बताए। त्यति गर्दा पनि आफूहरूको एक बुँदे माग सुनुवाइ नभए आइतबारबाट रिले अनसन थालिने सुनारले जानकारी दिए।

प्रकाशित: May 26, 2022| 10:37 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।