आइतबार, मंसिर ७, २०८२

बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

National life

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ।

समूह 'ए' मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह 'बी' मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन्।

प्रतियोगिताको विजेताले १५ हजार तथा उपविजेताले आठ हजार पुरस्कार पाउने छन्। तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ।

प्रकाशित: May 26, 2022| 09:33 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।