शनिबार, असोज १३, २०८०

दैलेख बस दुर्घटनाका मृतकको सनाखत

दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ।
 |  बिहीबार, जेठ १२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

दैलेख- दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ।

sagarmatha cement

कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटनामा परेको थियो। दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

बसमा सवार घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रकाशित: May 26, 2022| 08:27 बिहीबार, जेठ १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्