सोमबार, कात्तिक १०, २०८२

पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगे धर्म सिंह

कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष धर्म सिंह पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगेका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष धर्म सिंह पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगेका छन्।

Kumaribank

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सिंहले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई भेटेर आफू अभिभावक भएको आश्वस्त पारेका हुन्। 

उनले सहिद परिवारलाई अबदेखि सम्पूर्ण वडाबासीको अभिभावक र परिवारको सदस्य थपिएको उल्लेख गर्दै सम्पूर्ण सुखदु:खमा साथमा रहने बताएका हुन्। उनले वडामा रहेका सहिदहरु सुकराम चौधरी, हरिलाल चौधरी र किसन चौधरीका परिवारका सदस्यहरुलाई भेट गरेका हुन्। 

उनले सुकरामकी आमा गुलिया देवी डगौरा, हरिलालका भाइ गोपीलाल चौधरी र किसनका भाउजू तुलसी चौधरीसँग भेट गर्दै उनीहरुको पारिवारिक अवस्थाबारे जानकारी लिएका हुन्। 


प्रकाशित: May 25, 2022| 21:36 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।