मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश सरकारले गर्‍यो आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेश सरकारले गर्‍यो आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेश प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए। यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

जनकपुर- मधेश प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए। यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए।

National life

मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए। मन्त्रालयको नाम कानूनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरिएको सचिव रामकुमार महतोले जानकारी दिए।

प्रदेश सरकार स्थापना हुँदा सो मन्त्रालयको नाम आन्तरिक मामिला तथा कानून मन्त्रालय थियो। तर पछि सो मन्त्रालय विभाजन हुँदा कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय अलग गरिएको थियो। त्यसपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो। फेरि अहिले आएर नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय नामकरण गरिएको हो।

नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारमा सहभागी भएको एघार महिनापश्चात् मन्त्रालयको नाम परिवर्तन गरिएको हो। मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले मन्त्रिपरिषद्को निर्णयअनुसार नाम परिवर्तन गरी कामअनुसारकै मन्त्रालयको नाम गृह तथा सञ्चार मन्त्रालय राखिएको बताए।

प्रकाशित: May 25, 2022| 20:53 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।