बिहीबार, वैशाख २०, २०८१

काठमाडौंको नयाँ मेयर अर्थात् बालेन शाह

अघिल्लो स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा लेखेका थिए- यसपटक मैले भोट हालिनँ। म अर्कोपटक भोट हाल्छु, त्यो पनि आफैंलाई।
 |  बुधबार, जेठ ११, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, जेठ ११, २०७९

काठमाडौं- अघिल्लो स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा लेखेका थिए- यसपटक मैले भोट हालिनँ। म अर्कोपटक भोट हाल्छु, त्यो पनि आफैंलाई।

triton college

०७४ सालमै ०७९ को स्थानीय चुनावमा काठमाडौंमा मेयर उठ्ने चाहना उनले फेसबुकमार्फत पोखेका थिए। नभन्दै उनी मेयरमा चुनाव लडे। आफैंलाई भोट पनि हाले। र, बालेन आफैँले मात्र आफूलाई भोट हालेनन्, हजारौं मतदातालाई मत दिन प्रेरित गरे। अहिले उनी काठमाडौंका मेयरमा निर्वाचित भएका छन्।

३१ वर्षीय बालेन चुनावी मैदानमा आउँदासम्म उनको खासै चर्चा थिएन। थियो त, र्‍यापरको रुपमा उनी आफ्ना फ्यानहरु माझ लोकप्रिय थिए। आम मान्छे उनको परिचयबारे बेखबर थिए। तर, जब कालो चस्मा, झ्याप्प दाह्री र कोट लगाएर उनी चुनावी मैदानमा होमिएपछि उनीप्रतिको चासो बढ्यो।

यता प्रमुख राजनीतिक दल एमाले र कांग्रेस (गठबन्धन)ले उम्मेदवार टुंगो लगाउन नभ्याउँदै उनले आफूलाई चिनाउन भ्याइसकेका थिए। ढिलो गरी उम्मेदवारी घोषणा गरेका एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई जिताउन दलहरुले पनि राम्रै मेहनत गरे। तर, काठमाडौंमा दलको कुनै जोरी चलेन। अन्ततः मतदाताले बालेनलाई काठमाडौंमा निर्वाचित गराइछाडे।

अधिकांश वडाहरुमा बालेनकै अग्रता देखिन्छ। मतदाताले अन्य उम्मेदवारलाई दलकै चिह्नमा मत हाले पनि मेयरमा लौरोमा छाप लगाए। जस्तो, वडा नम्बर १ मा बालेनले ७८३ मत पाउँदा रुख र सूर्यमा क्रमशः ४५२ र ३६५ मत खस्यो। वडाध्यक्षमा भने दलकै उम्मेदवार विजयी भए। 

corrent noodles
Metro Mart
आफैंलाई भोट हाले र, बालेन आफैँले मात्र आफूलाई भोट हालेनन्, हजारौं मतदातालाई मत दिन प्रेरित गरे। अहिले उनी काठमाडौंका मेयरमा निर्वाचित भएका छन्।

त्यस्तै वडा नम्बर २ मा बालेनले १ हजार २१५ मत पाएका छन्। ३ मा २ हजार ३२६ मत पाएका छन्। ४ मा ३ हजार ९६६, ५ मा १ हजार ५०१, ६ मा ३ हजार ४७६, ७ मा ३ हजार ८४६, ८ मा १ हजार ३१३, ९ मा ३ हजार ३१८, १० मा २ हजार ७२८, ११ मा १ हजार ११५ र १२ मा ६५९ मत पाएका छन्।

अर्कोतर्फ वडा नम्बर ३२ बाट मत गन्‍न सुरु गरिएको थियो। यसमा पनि बालेनले नै ‘लिड’ गर्दै आए। जस्तो, ३२ नम्बरमा ५ हजार ५२३ मत ल्याएका बालेनले दलहरुलाई २ हजार ५०० तलै छोडिदिएका थिए। ३१ नम्बरमा ४ हजार १५८, ३० मा १ हजार ८०१, २९ मा १ हजार ६६८, २८ मा ७१७, २७ मा ५५२, २६ मा २ हजार ४२१, २५ मा ७१७, २४ मा ६०२, २३ मा ४८१ र २२ नम्बर वडामा ६७९ मत बालेनले ल्याए। ‘कोर एरिया’मा पुग्दा बालेनको मत केही कम आए पनि उनले मतगणनाभरी अग्रता लिइरहे। यसरी अन्य वडामा पनि बालेनले राम्रै मत पाएका छन्।

यसरी मत पाएका बालेन सुरुवातमा खासै लोकप्रिय थिएनन्। तर, जब यिनलाई मिडियाहरुले पनि ‘स्पेस’ दिए, सामाजिक सञ्‍जालमा यिनको चर्चा चुलिन थाल्यो। पछिल्लो समय केशव स्थापित विवादित बन्दै जानु पनि उनको लागि फाइदाजनक हुन पुग्यो। त्यसपछि एकाएक माहोल बनाए। भित्री टिमको सहयोगमा उनले प्रचारप्रसारलाई व्यापक तीव्रता दिए।

३० गतेको मतदान पछि पनि बालेनलाई लिएर हल्लाखल्ला हुन कम भएन। बरु झन चुलिएर गयो। मतगणनास्थल सभागृह अगाडि उनका समर्थकले दिनदिनै जुलुस निकालिरहे। बालेनको जितमा ती युवाको उत्साहले चुनावी उमंग बढाएको महसुस हुन्थ्यो। यो क्रम लामै चल्यो। 

चुनावअघि यसरी जुलुस निकालेका उनले जितेपछि भने विजय जुलुस तत्काललाई ननिकाल्ने घोषणा गरेका छन्। सफलतापूर्वक काम गर्न सकेको अवस्थामा मात्र खुसीयाली बाँड्ने बालेनले बताएका छन्। 

यद्यपि, बालेनका समर्थक कम छैनन्। चुनावी प्रचारको समयमा उनको समर्थनमा सामाजिक सञ्‍जालमा राम्रै क्रेज देखिन्थ्यो। हुँदाहुँदा उनीविरुद्ध लेख्‍नेलाई त निशेध नै गर्ने तरिकाको काम उनीहरुले गरे। एउटा आलोचनात्मक ब्लग छापेकै आधारमा उनीहरुले अनलाइन खबरलाई ब्लक गर्ने ह्वीम चलाए। यसरी विपक्षमा लेख्‍ने मिडियालाई समेत राम्रै ‘काउन्टर’ उनका समर्थकले दिए।

चुनावअघि यसरी जुलुस निकालेका बालेनले जितेपछि भने विजय जुलुस तत्काललाई ननिकाल्ने घोषणा गरेका छन्। सफलतापूर्वक काम गर्न सकेको अवस्थामा मात्र खुसीयाली बाँड्ने बालेनले बताएका छन्। 

यसरी एकाएक लोकप्रिय बनेर काठमाडौंको मेयर बनेका वालेन को हुन् त? उनी एकाएक कसरी उदाय? जिज्ञासा स्वभाविक हो। काठमाडौंमा एकाएक चर्चा कमाएका बालेन हुन्, बालेन्द्र साह। उनी बुबा रामनारायण शाह र आमा ध्रुवदेवी शाहको छोरा हुन्। यसरी राजनीतिमा उदाएका बालेनको परिवार पनि राजनीतिक नै होलान भन्ने धरैलाई पर्न सक्छ। तर, बालेनको पारिवारिक पृष्ठभूमि भने फरक छ। 

उनका बुबा आयुर्वेदिक डाक्टर हुन्।बालेनको जन्मा काठमाडौंको नरदेवीमा भएको हो। उनी काठमाडौंमै हुर्किए, पेसाले इञ्जिनियर बालेनका दाइ कुशल साह चार्टर्ड एकाउन्टेन्ट छन्। उनकी श्रीमती सविना स्वास्थ्य क्षेत्रमा काम गर्छिन्। भाउजू बैंकर हुन्। बालेनकी बहिनी चित्रकार हुन्। उनको पारिवारिक पृष्ठभूमि यही नै हो। 

बालेनको व्यक्तित्वबारे कुरा गर्दा, उनी सानैदेखि संगीतमा रुची राख्थे। पछि स्थापित र्‍याप गायक नै भए। कतिपय उनका सहकर्मीकाअनुसार उनी कविताहरु पनि कोर्छन्। कविता लेखनमा रुची राख्‍ने बालेन पछि र–बारको र्‍याप ब्याटलमा भाग लिन पुगे। जसको कारण र्‍याप संगीत मनपराउने स्रोतामाझ उनी लोकप्रिय भए।

बालेनले काठमाडौंकै भिएस निकेतन कलेजबाट प्लस–टु गरेका हुन्। विज्ञानमा रुची राख्ने उनी त्यसपछि खुमलटारको हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजमा भर्ना भए। सिभिल इन्जिनियरिङ पास गरे। इन्जिनीयरिङ गर्दादेखि नै बालेनले राजनीतिलाई चासोपूर्वक हेर्थे। समाजमा घट्ने हरेक गतिविधिमा उनको चासो रहन्थ्यो।

त्यसबेलादेखि नै विद्यमान राजनीतिक बथितिदेखि वालेन वाक्क थिए। झन उनले इन्जिनियरीङ गर्दा ताका नेपाल बन्द लगायतको समस्याले ग्रस्त थियो मुलुक। संविधानसभा निर्वाचनको समयमा भएका राजनीतिक परिचालनलाई लिएर पनि आफू वाक्क हुने गरेको बालेनले अन्तरवार्ताहरुमा भन्दै आएका छन्।

केही समयअघि प्रहरीले लामो कपाल पाल्न नपाइने भनेर नियम ल्याएपछि बालेनले ‘प्रहरी प्रतिकार’ भन्‍ने गीत नै निकालेका थिए। संविधान निर्माणमा ढिलासुस्ती भएकोबेला उनको समूहले दबाबमूलक कार्यक्रम पनि गरेको थियो। ‘वी फर कन्स्टिच्युसन’ भन्ने अभियानमा त सक्रियतापूर्वक सहभागी भएको दाबी बालेननिकटहरुको छ। 

पछि बालेन थप उच्च शिक्षाको लागि भारत नै गए। ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका वालेनले बैंगलोरबाट स्ट्रक्चरल इञ्जिनियरिङमा विशेषज्ञता हासिल गरे। नेपाल फर्किएपछि बालेनले इञ्जिनियरिङको कामलाई नै निरन्तरता दिए। सँगसँगै राजनीतिक गतिविधिलाई नजिकबाट नियाल्थे। 

भूकम्प र नाकाबन्दीको चरम समस्याबाट गुज्रिएको समयमा उनले विभिन्‍न संस्थामा जोडिएका काम पनि गरे। ‘एमआरआर’ र दाह्री ग्याङ भन्ने फेसबुकको समूहले आयोजना गरेको विभिन्‍न कार्यक्रममा सहभागी भइरहने उनका साथीहरु बताउँछन्। सडकभोजमा उनी सहभागी भए। 

मुलधारको राजनीतक दलबाट बिरक्तिएका बालेनले त्यही बेलादेखि विकल्पको खोजी गर्न थालेका थिए। केही न केही त विकल्प खोज्नैपर्छ भन्ने उनलाई लाग्यो। सोही समयमा सतहमा आयो, स्वघोषित वैकल्पिक दल- विवेकशील साझा। 

केही समय उनी यो पार्टीप्रति आकर्षित पनि भए। तर, सदस्यता भने लिएनन्। पछि सो पार्टी आफैं छिन्‍नभिन्‍न हुने अवस्थामा पुगेपछि स्वतन्त्र रुपमा काठमाडौंमा मेयर लड्ने अठोट कायम गरिराखे। र, यही अठोटले उनलाई मनोनयन दर्ता गर्ने ठाउँसम्म डोहोर्‍यायो। काठमाडौंबासीले पनि उनलाई मेयरको रुपमा चुनिदिए।


प्रकाशित: May 25, 2022| 20:12 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...