आइतबार, मंसिर ७, २०८२

यू-२३ बास्केटबलमा रोयललाई तीन उपाधि

ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो। रोयलका निकेश मगरले ३४ स्कोर गरे। टाइम्सका मनीष केसीले ३७ अंक जोडे।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जिएए तेश्रो रोयल यु-२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ। रोयलको यो तेस्रो उपाधिसमेत हो।

National life

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५-८४ ले पराजित गर्दै उपाधिमा ह्याट्रिक गर्‍यो। ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो। रोयलका निकेश मगरले ३४ स्कोर गरे। टाइम्सका मनीष केसीले ३७ अंक जोडे।

निर्धारित चार क्वार्टरको खेल ६७–६७ को बराबरीमा सकिएको थियो। त्यसपछि पनि दुई पटक अत्तिरिक्त समय थप्नु परेको थियो। थप गरिएको पहिलो ५ मिनेटको अत्तिरिक्त समयको खेल पनि १०–१० को बराबरीमा टुंगियो। दोश्रो पटक थप गरिएको ५ मिनेटको अत्तिरिक्त समयमा रोयल ८-७ ले अगाडि रहँदै समग्रमा फाइनल खेल १ अंकले जित्यो।

उपाधिसँगै रोयलले ५० हजार नगद पुरस्कार पायो भने टाइम्सले १५ हजार नगदमा चित्त बुझाए। रोयलका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। उनले ५ हजार नगदसहित शेर्पा चाइको गिफ्ट ह्याम्पर प्राप्त  गरे। मोफसलको धरान मेघा कलेजले उदीयमान टिमको उपाधि हात पार्‍यो।

साताव्यापी प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। जिएएको आयोजनामा रोयलकै कोर्टमा भइरहेको फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगिताको उपाधिका लागि रोयल र जेभियर इन्टरनेसनल कलेज बिहीबार भिड्दै छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 25, 2022| 19:35 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।