मंगलबार, पुस २९, २०८२

कप्तान सन्दिपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरुले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्नेछन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ। 

National life

राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीलगायत युवा क्रिकेटरहरु सुनिल धमला, भिम शार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो। यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरुले खेल्ने सबैखाले  प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्नेछन्। 

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममाझ ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र क्रिकेटरहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता वापत एकवर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ। खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन। 

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने बचनबद्धता व्यक्त गरे। उनले भने, ‘नेपाली क्रिकेटसँग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ। यो गतिले नेपाली टिम छिट्टै थप उचाइमा पुग्नेछ। त्यसैले क्रिकेटरहरुलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौं।’

प्रकाशित: May 25, 2022| 19:32 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।