बिहीबार, वैशाख २०, २०८१

न जितको उत्साह न पराजयको विस्मात्

यसअघिका निर्वाचन परिणाम करिबकरिब कस्तो आउँछ भनेर छनक पाउँदै राजनीतिक दलहरु आन्तरिक समीक्षा गर्न जुट्थे। तर, यसपटक सोचेजस्तो उत्साहित गठबन्धनका दल नै भएका छैनन्।
 |  बुधबार, जेठ ११, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, जेठ ११, २०७९

काठमाडौं– स्थानीय निर्वाचन परिणामको अन्तिम तस्बिर तयार भएको छ। देशभरका ७५३ वटा पालिकामध्ये सातवटा पालिकाको मात्र नतिजा आउन बाँकी छ। परिणाम हेर्दा, प्रमुख पदमा नेपाली कांग्रेसले ३२२ ठाउँमा जितेको छ। ४ स्थानमा अगाडि छ। नेकपा एमालेले २०३ ठाउँमा जित हात पारेको छ। २ ठाउँमा अग्रता लिइरहेको छ।

triton college

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १२१ ठाउँमा जितिसकेको छ। एक ठाउँमा अग्रता लिइरहेको छ। जनता समाजवादी पार्टी नेपालले ३० स्थानीय तह जितेको छ भने एउटामा ‘लिड’ गरिरहेको छ। बाँकी ठाउँमा अन्य दल वा स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।

उपप्रमुखमा भने एमाले र कांग्रेसको त्यस्तो अन्तर छैन। नेपाली कांग्रेसले हालसम्म २९८ ठाउँमा जितिरहेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २३३ ठाउँमा जितेको छ। नेकपा माओवादी केन्द्रले १२३ स्थानीय तहमा जित हात पारेको छ। जनता समाजवादी पार्टीले पनि ३० ठाउँमा जितेको छ। बाँकी ठाउँमा भने अन्य दल र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचन परिणाम हेर्दा एमालेले पहिले दाबी गरेको जस्तो मत पनि पाएको देखिँदैन। गठबन्धनमा आवद्ध दलले भनेजस्तो राम्रो नतिजा पनि आएको देखिँदैन। यद्यपि, गठबन्धनबाट माओवादीले केही फाइदा लिएको देखिन्छ भने कांग्रेस लगायतका दलले पनि राम्रो मत पाएका छन्। एकीकृत समाजवादीले पनि पार्टी स्थापना भएको छोटो अवधिमै यो खाले परिणाम ल्याउनु सुखद् रहेका विश्लेषण बाहिर सुनिन्छनन्।

निर्वाचन परिणाम हेर्दा एमालेले पहिले दाबी गरेको जस्तो मत पनि पाएको देखिँदैन। गठबन्धनमा आवद्ध दलले भनेजस्तो राम्रो नतिजा पनि आएको देखिँदैन। यद्यपि, गठबन्धनबाट माओवादीले केही फाइदा लिएको देखिन्छ भने कांग्रेस लगायतका दलले पनि राम्रो मत पाएका छन्।

यसअघिको स्थानीय निर्वाचनमा भने एमाले पहिलो पार्टी बनेको थियो। एमालेले ७५३ स्थानीय तहमध्ये २९४ स्थानमा पालिका प्रमुखमा जितेको थियो। त्यस्तै नेपाली कांग्रेसले २ सय ६६ स्थान, माओवादी केन्द्रले १ सय ६ स्थान, संघीय समाजवादी फोरम (हालको जसपा) ले ३४ र राजपा (हालको लोसपा) ले २५ स्थान जितेको थियो। र, अहिले कांग्रेससँग मिसिएको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले १८ स्थानमा जितेको थियो।

corrent noodles
Metro Mart

यसपटक एमालेले स्थानीय आवश्यकता हेरेर राप्रपा लगायतका दलसँग तालमेल गरेको थियो भने सत्तामा रहेका गठबन्धनका दलहरुको अर्को तालमेल थियो। सत्ता गठबन्धनमा रहेका दलहरूबीच केन्द्रबाट ६ महानगर र ११ उपमहानगरमा तालमेलको निर्णय भएको थियो। अन्य स्थानीय तहको लागि जिल्लाअनुसार आवश्यकता हेरेर तालमेल भएको थियो। यद्यपि, महानगर र उपमहानगरमा पनि गठबन्धनले अपेक्षित नतिजा हासिल गरेको छैन। प्रमुख पदमा राम्रो मत ल्याउँदा उपप्रमुखमा अर्को दललाई मत गएको छ्रैन। कैयौं ठाउँमा भोटहरु क्रस भएका छन्।

जस्तो, बालेनको जितलाई छेउ लगाएर दलको मतमात्र हेर्ने हो भने गठबन्धनमा यसरी मत क्रम भएको देखिन्छ। गठबन्धनकी मेयर उम्मेदवार सिर्जना सिंहले राम्रै मत ल्याउँदा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ धेरै पछि छन्। रुखमा मत हाल्नेले कलम चिन्हमा मत हालेको देखिएन। अन्यत्र पनि गठबन्धनभित्र त्यस्तै अवस्था छ। 

कांग्रेसभित्रै देखिएन अपेक्षित उत्साह

यसअघिका निर्वाचन परिणाम करिबकरिब कस्तो आउँछ भनेर छनक पाउँदै राजनीतिक दलहरु आन्तरिक समीक्षा गर्न जुट्थे। तर, यसपटक सोचेजस्तो उत्साहित गठबन्धनका दल नै भएका छैनन्। सत्ता गठबन्धनका दल विशेषगरी कांग्रेसले प्रतिपक्षी एमालेले भन्दा राम्रै मत पाए पनि उनीहरु त्यति सन्तुष्ट पाइँदैनन्। पहिलेजस्तो तडकभडक उनीहरुमा छैन। बस्, सन्तोषजनक मतपरिणाम आएको भन्दै टारिरहेका छन्।

निर्वाचनपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेको कांग्रेसले गठबन्धन गर्दा आएको परिणाम सन्तोषजनक रहेको जनायो। सँगसँगै अन्तिम समयमा तालमेलबारे निर्णय हुँदा यसको सन्देश मतदातासमक्ष पुर्याउन कठिनाइ भएकोले समस्या आएको स्वीकारोक्ति कांंग्रेसको थियो। यद्यपि, समग्रमा तालमेल सफल भएको आफूहरूको निष्कर्ष रहेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

‘समग्रमा निर्वाचन परिणामलाई सन्तोषजनक रूपमा लिएका छौं। कांग्रेस मात्रले पनि धेरै ठूलो सफलता प्राप्त गरेको छ र सहयोगी दलहरूले पनि उल्लेख्य सफलता हासिल गरेका छन्,’ कांग्रेस प्रवक्ता महतले पत्रकार सम्मेलनमा भनेका थिए।

यसअघिका निर्वाचन परिणाम करिबकरिब कस्तो आउँछ भनेर छनक पाउँदै राजनीतिक दलहरु आन्तरिक समीक्षा गर्न जुट्थे। तर, यसपटक सोचेजस्तो उत्साहित गठबन्धनका दल नै भएका छैनन्।

गठबन्धन सफल भएको र यसलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लाने संकेत कांग्रेसले गरेको छ। छोटो समयमा धेरै स्थानमा गठबन्धन भए पनि सफल भएको कांग्रेसको निष्कर्ष छ। तर, कांग्रेसलाई मात्र ‘नोटिस’मा लिएर समीक्षा गर्ने पनि प्रवक्ता डा. महतले बताए ।

उनको संकेत गठबन्धनभित्रै रहेर पनि काठमाडौं महानगर जस्ता पराजय बेहोरेको स्थानीय तह र आफू एक्लैले चुनाव लडेको स्थानको समीक्षा गर्ने भन्ने थियो। जस्तो, यो चुनावमा नेपाली कांग्रेसले ७५३ पालिकामध्ये ४१५ मा एक्लै उम्मेदवारी दिएर जम्मा २०२ ठाउँमा प्रमुख पद जितेको छ। यी ठाउँमा कांग्रेसले प्रमुख र उपप्रमुख दुवैमा एक्लै उम्मेदवारी दिएको थियो। ३३८ पालिकामा भने अरू दलसँग चुनावी गठबन्धन गरेको थियो। यसैलाई लिएर समीक्षा गर्ने कांग्रेसले बताएको छ।

यो सबै परिणाम हेर्दा कांग्रेस सन्तुष्ट भएको पाइँदैन। बोलीमा सन्तोषजनक रहेको भनिए पनि भित्रि रुपमा कांग्रेस निर्वाचन परिणामले सन्तुष्ट र उत्साही भएको पाइँदैन। यसको संकेत गर्दै महतले पत्रकार सम्मेलनमार्फत भनेका थिए, ‘निर्वाचनमा अपवाद जहिले पनि हुन्छ। केही अपवादलाई लिएर पार्टीहरू र कांग्रेस असफल भयो भन्न सकिँदैन। काठमाडौं महानगर र अन्य ठाउँमा अपवादका रूपमा अनपेक्षित परिणाम आउँदैमा कांग्रेस र पार्टीहरू नै सकिए भन्न मिल्दैन। हामी यसबाट सिक्नेछौं। नोटिस गरेका छौं।’

मधेशलाई लिएर चिन्तित माओवादी

नेकपा माओवादी केन्द्रले भने माओवादीले अन्यत्र सन्तोषजनक नतिजा आए पनि मधेशमा भने सोचेजस्तो नभएको बताएको छ। मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रचण्डले आफ्ना नेताहरुलाई ब्रिफिङ गर्दै मेधसमा माओवादी कमजोर बनेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

हुन पनि २०७४ को चुनावमा २१ स्थानीय तहमा जित निकालेको माओवादीले पूरै मधेशमा यसपटक ९ वटा मात्रैमा खुम्चिएको छ। सँगसँगै माओवादी केन्द्र २५ जिल्लामा निल देखिएको छ। गठबन्धन भए पनि माओवादीले उक्त जिल्लामा जित हात पार्न सकेको छैन। यसलाई लिएर माओवादी चिन्तित देखिएको छ। 

‘मधेशमा अन्तरविरोधका कारण सन्तोषजनक परिणाम आउन सकेन। यसको गम्भीर समीक्षा आवश्यक छ,’ संसदीय दलको बैठकमा प्रचण्डले भनेका थिए।

हुन पनि २०७४ को चुनावमा २१ स्थानीय तहमा जित निकालेको माओवादीले पूरै मधेशमा यसपटक ९ वटा मात्रैमा खुम्चिएको छ। सँगसँगै माओवादी केन्द्र २५ जिल्लामा निल देखिएको छ। गठबन्धन भए पनि माओवादीले उक्त जिल्लामा जित हात पार्न सकेको छैन। यसलाई लिएर माओवादी चिन्तित देखिएको छ। 

त्यस्तै, प्रचण्डले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्म कायमै रहने बताएका छन्। गठबन्धन भएकोले नै माओवादीले यो हैसियतको जित निकालेको विश्लेषण भइरहेका बेला प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। हुन त चुनावअघि नै चितवन सभामा गठबन्धनको उम्मेदवारलाई नजिताए देश दुर्घटनामा जाने ‘धम्की’ उनले दिएका थिए। 

पहिलेझैं प्रतिगमनको खतरा रहेको रटान चुनावको परिणाम आउँदा पनि प्रचण्डले छोडेका छ्रैनन्। प्रतिगमनको खतरा अझै रहेकाले त्यसलाई परास्त गर्न पाँच दलीय गठबन्धनबीच आगामी चुनावसम्मै रहने उनले बताइरहेका छन्। उनले भनेका छन्, ‘प्रतिगमनको खतरा अझै टरेको छैन। प्रतिगमनकारी शक्तिले अझै टाउको उठाइरहेका छन्। खतरा नटर्दासम्म गठबन्धन कायमै रहन्छ।’ 

असन्तुष्ट एकीकृत समाजवादी

गठबन्धनमै आवद्ध दलमध्येको एक नेकपा एकीकृत समाजवादी भने निर्वाचन परिणामलाई लिएर असन्तुष्ट देखिन्छ। सुरुवाती परिणाम नआउँदै नेकपा एसका अध्यक्ष माधव नेपालले गठबन्धनका अरु दलले धोका दिएको आशयको टिप्पणी गरेका थिए। गठबन्धनका दलहरुले अपेक्षित सहकार्य नगरेकोले पनि सोचेजस्तो परिणाम नआएको उनको भनाइ थियो।

‘अझैपनि कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं। गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन्,’ नेपालले थप भनेका थिए, ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भिर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचनको पनि गम्भिर समीक्षा गर्नेछौँ। गठबन्धनको पनि समीक्षा हामी गर्नेछौँ।’

यद्यपि, एमालेबाट विभाजन भएर नेपालको अध्यक्षतामा गठित नेकपा एस पहिलो निर्वाचनमै पाँचौं ठूलो दलको हैसियतमा उभिएको छ। १९ स्थानीय तहमा एसका उम्मेदवार निर्वाचित भएका छन्। कतिपयले भने निर्वाचनमा होमिएको पहिलो पटकमै पार्टीले राम्रो हैसियत पाउँदापाउँदै पनि माधव नेपालले अहम् देखाएको टिप्पणी गरिरहेका छन्। 

‘मौन’ एमाले

स्थानीय निर्वाचनको मतपरिणामको सुरुवाती रुझानमै चुनावमा धाँधली भएको आरोप लगाएको एमाले अहिले भने ‘मौन’ छ। निर्वाचनको मतपरिणाम करिबकरिब आइसक्दा पनि एमाले खुलेर बोलेको छैन। जबकी, यो त्यही पार्टी हो, जसले मतदान सकिएको केही दिनमै धाँधलीपूर्ण वातावरणमा निर्वाचन भएको टिप्पणी गरेको थियो।

केही दिनअघि मात्र पत्रकारसँग भेटघाट कार्यक्रम गरेका एमाले अध्यक्ष केपी ओलीले चुनावको परिणामलाई लिएर मुख खोलेनन्। बरु ‘जेनेटिक मेमोरी’बारे प्रवचन सुनाएर आफ्नो कुरा सके। एमालेले चुनावलाई लिएर गम्भीर समीक्षा गर्ने भने पनि अधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेको छैन।

हुन पनि २०७४ को स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा विजयी भएर देशको पहिलो दल बनेको एमाले अहिले दोस्रोमा झरेको छ। यसलाई लिएर एमाले करिबकरिब मौन छ।

प्रकाशित: May 25, 2022| 14:13 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...