शुक्रबार, जेठ १, २०८३

मालीमा जातीय हिंसा भड्कियो : ११ जना मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
माली- मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ । 

मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्, फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले एएफपीसँग भनेका छन् । 

उनले थपे, “तर आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ ।” फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालिमा द्वन्द्व भइरहेको छ । एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।