आइतबार, मंसिर ७, २०८२

गुजरातले तय गर्‍यो डेब्यू सिजनमै आईपीएल फाइनलको यात्रा

भारतमा जारी आईपीएलको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलको यात्रा गरेको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति पहिलो क्वालिफायरको खेल  सम्पन्न भइसकेको छ। भारतमा जारी आईपीएलको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलको यात्रा गरेको छ।

National life

लिगको शीर्षस्थान र दोस्रो स्थानमा रहँदै गुजरात र राजस्थान क्वालिफायरमा पुगेका हुन्। मंगलबार रातिको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १८८ रन बनाएको थियो। यससँगै गुजरातले १८९ रनको लक्ष्य पाएको थियो। 

जवाफी ब्याटिङमा गुजरातले तीन बल बाँकि रहँदै तीन विकेटको क्षतिमा १९१ रन बनाएर लक्ष्य पुरा गरेपछि उसले जित निकालेको हो।

गुजरातलाई जित दिलाउन डेविड विल्नरर हार्दिक पाण्ड्याले १०६ रनको साझेदारी गरे। ठूलो साझेदारी गरेका यी दुवै खेलाडी अविजित रहे। जहाँ मिल्नरले ६८ रन बनाए भने पाण्ड्याले ४० रनको योगदान दिए।

त्यस्तै, माथ्थिउ वडे र सुभमन गिललेसमान ३५-३५ रनको योगदान दिएका थिए। यस क्रममा राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याककोयले समान १-१ विकेट गिराए।

Laxmi sunrise bank
kumari

खेलमा राजस्थानको ओपनर यसस्वी जैसवाल तीन रनमै आउट भए। तर अर्का ओपनर जस बटलरले ८९ बनाएका छन्। उनले ५ बलमा १२ चौका र एक छक्काका साथ ८९ रन बनाए। उनी अन्तिम बलमा रन आउट भएका थिए।

यसबाहेक सन्जु समसनले २६ बलमा ४७ रन बनाए भने देवदत्त पडिक्कलले २० बलमा २८ रन बनाए। राजस्थानका समसनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।

गुजरातका लागि मोहम्मद शामी, यस दयाल, रविश्रीनिवासन साई किशोर र हार्दिक पाण्ड्याले समान १–१ विकेट गिराए।

अन्तिम बलले नो बलको मान्यता पाएपछि सो बललाई पुन प्रहार गरिएको थियो। यसक्रममा रियनल पराग रनआउट भए। यससँगै अन्तिममा मैदान पसेका रविचन्द्र अश्विनले एक बलमा दुई रन बनाए। यससँगै राजस्थानले १८८ रन बनाएको हो।

आईपीएलमा राजस्थानले सन् २००८ को सिजनका उपाधि जितिसकेको छ भने गुजरात आईपीएलको नयाँ टिम हो। गएराति हार बेहोरे पनि गुजरात आईपीएलबाट बाहिरिसकेको भने छैन।

यता आज राति इलिमिनेटरको खेल हुनेछ। यो खेलमा लखनौं सुपर जायन्टले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ। यो खेलमा हार बेहोर्ने टिम आईपीएलबाट बाहिरिने छ भने जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि राजस्थानसँग खेल्नुपर्ने हुन्छ।

प्रकाशित: May 25, 2022| 08:35 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।