आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान निर्माण नीति तथा कार्यक्रममा समावेश

फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान निर्माण नीति तथा कार्यक्रममा समावेश

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण सम्बन्धि कुरा समावेश भएका छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण सम्बन्धि कुरा समावेश भएका छन्।

National life

भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यी दुई क्रिकेट मैदानको निर्माण गरिने उल्लेख छ। त्यस्तै, खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिने र खेलमा सहभागी हुने अवसर उपलब्ध गराइने कार्यक्रममा उल्लेख छ। ‘मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता र आकस्मिक तालिमको व्यवस्था गरिने छ। हरेक स्कुलमा खेल क्लब स्थापना गर्ने,’ राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छ, ‘साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ।’

साथै हरेक प्रदेशमा कम्तिमा एक प्रशिक्षक सुविधा सहितको एक रंगशाला र प्रशिक्षण स्थान निर्माण गर्दै जाने नीति यो वर्षको कार्यक्रममा निन्तरता पाएको छ। साथै गैंडाकोटमा वीपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने भएको छ।

‘सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने छ। उच्च भूभागीय खेल तालिम केन्द्र स्थापन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने, फाप्लाको क्रिकेट मेदानको निर्माण सुरु गर्ने योजना छ।’

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी कामलाई टुंगोमा पुर्याउनका लागि समन्वय र सहयोग गरिने छ। त्यस्तै, मानसिक र शारीरिक स्वास्थ्य सुधारका लागि खेलकुदको शारीरिक व्यायाम, योग र ध्यानको अभ्यास गर्ने उत्प्रेरित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 24, 2022| 17:56 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।