बिहीबार, कात्तिक ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगञ्जका नवनिर्वाचित मेयर सिंहले भने– सुरुमा महानगरबासीका दैनिक समस्या समाधान गर्छु

Siddartha premir insuranceSiddartha premir insurance

वीरगञ्जका नवनिर्वाचित मेयर सिंहले भने– सुरुमा महानगरबासीका दैनिक समस्या समाधान गर्छु

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन्।
 |  मंगलबार, जेठ १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन्।

triton college

आज मंगलबार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्।

उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरुसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताए। मेयर सिंहले वीरगञ्जमा सरसफाइको चुनौती रहेको उल्लेख गर्दै वर्षातको समयमा पानी जम्ने समस्या समाधान गरिने पनि बताए। उनले भने, ‘वीरगञ्जबासीसँग दैनिकी रुपमा जोडिएका जुन समस्याहरु छन्, सर्वप्रथम हामी त्यसलाई निदान गर्छौं। त्यसपछि विभिन्न सम्बन्धित विज्ञहरुसँग बसेर जसरी हामीले सुरुमा भनेका छौँ, करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा हामी अगाडि बढ्छौँ। वीरगञ्जको सरसफाइ एउटा चुनौतीको रुपमा छ। वीरगञ्जबासीलाई वर्षातमा पानी जम्ने समस्या छ, यो सबै दैनिकीसँग जोडिएको कुराहरुलाई पहिलो प्राथमिकतामा राखेका छौँ।’

जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेका हुन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। महानगरमा कुल ९३ हजार ७ सय ८२ मत खसेको थियो।

मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाए। मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाए। महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भए। निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएका हुन्।

Metro Mart
vianet

उपमेयरमा विजयी आलमले ३० हजार ७८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत ल्याए। मेयर र उपमेयरमा एमाले र लोसपाले चुनावी तालमेल गरेका थिए।

प्रकाशित: May 24, 2022| 12:42 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।