शुक्रबार, मंसिर १२, २०८२

पोखराका दुईवटा वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा महानगरपालिकाका दुई वटा वडाको पुनः मतगणना गर्नुपर्ने माग नेकपा एमालेले गरेको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– पोखरा महानगरपालिकाका दुई वटा वडाको पुनः मतगणना गर्नुपर्ने माग नेकपा एमालेले गरेको छ। मुचुल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाका लागि निवेदन बुझाएको हो।

National life

महानगरका वडा १८ र ३१ वडाको पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका छन्। दुवै वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन्।

वडा नम्बर १८ मा ४ हजार ३४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात् ४ हजार ३३९ वटा मतपत्र भेटिएको थियो। कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले मात्रै एमाले उम्मेदवारलाई पराजित गरेका छन्। तिमिल्सिनाले १ हजार ६४३ मत ल्याउँदा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६४० मत पाएका थिए।

पोखरा–३१ मा पनि ४ हजार ४८१ मत खसेकोमा मतपेटिकामा ३ मत कम भेटिएको थियो। त्यहाँ कांग्रेस उम्मेदवारले १६१ मतान्तरले एमाले उम्मेदवारलाई हराएका छन्। कांग्रेसका ढकनाथ कँडेलले १ हजार ८९८ मत ल्याउँदा एमालेका चिरञ्जीवी बञ्जराले १ हजार ७३७ मत पाएका छन्। 

प्रकाशित: May 24, 2022| 12:20 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।