सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पोखराका लागि यस्ता छन् धनराज आचार्यका योजना

कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने बताएका छन्।
 |  मंगलबार, जेठ १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने बताएका छन्।

triton college

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी का उम्मेदवार बनेका आचार्य ५ हजार मत गणना बाँकी छँदै मेयरमा विजयी बन्ने निश्चित भएको छ।

यद्यपी पूर्ण मत गणना नभइसकेकोले घोषणा हुन भने बाँकी छ। मेयरमा उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ५ हजार २८६ मतान्तरले पछि छन्। अब ५ हजार १५ मत गणना बाँकी छ। पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो भने मंगलबार बिहान ८ बजेसम्म १ लाख ३८ हजार २११ मत गणना भइसकेको छ। जसकारण पनि सहजै उम्मेदवार आचार्यको पक्षमा नतिजा गइसकेको अनुमान लगाउन सकिन्छ। उनले शपथ ग्रहणपछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेशन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने घोषणा गरे। उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे। उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अभिभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने पनि स्पष्ट पारे। उनले कसैको स्वार्थ बिना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताए। उनले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरुबाट नै विभिन्न विकासका उपाय र योजनाहरु ल्याइने बताए।

आचार्यले भने, ‘हामी सबै एकै टिमका हौँ। प्रतिष्पर्धामा फरक पार्टीबाट आए पनि निर्वाचित भइसकेपछि हामी एकै टिमका हौँ। हामी अब पोखराको अभिभावक भएर काम गर्नुपर्छ। हामी सबै निर्णयहरु भरसक सर्वसम्मत गर्नेछौँ। स्वार्थ बिना निर्णय गर्छौं जसले सर्वसम्मत हुनेछ। म विगत ३७ वर्षदेखि पोखरेली राजनीतिमा काम गरेको छु। हाम्रो पार्टी नयाँ भए पनि २००६ सालदेखिकै लिगेसी बोकेको छ। गठबन्धनमा रहेका पाँचै दलहरुको सरसल्लाह लिनका लागि संयन्त्र पनि बनाउनेछौँ। साथै पोखरामा रहेका सबै विज्ञहरुलाई राखेर एउटा थिङ ट्याङ्क पनि बनाउनेछौँ। सम्बन्धित क्षेत्रका सबैलाई राखेर पहिलो चरणमा पोखराबाट नै हाम्रा विशेषज्ञहरुको पुग्ने अवस्थामा यहीँबाट गर्नेछौँ। पुगेन भने देश, विदेशबाट पनि आवश्यक जनशक्ति सल्लाहकारका हिसावले विभिन्न विषयहरुमा राय, सल्लाह लिने किसिमले काम गर्नेर्छौं। हामी बन्द कोठाभित्र रहेर सेन्सेटिभ कुराहरुको निर्णय गर्नेछैनौँ। हामी सबैको साझा विषयलाई छलफल गरेर नै निर्णय गर्नेछौँ। पोखरावासी नागरिकहरुको जीवनस्तरलाई कसरी सरल बनाउन सकिन्छ भन्ने हिसावले सोचेर कामहरु गर्नेछु।’

Metro Mart
vianet

आचार्यले ५ वर्षमा पोखरा व्यवस्थित शहर हुने दाबी गरे। उनले ५ वर्षे कार्यकालमा पोखरालाई सिस्टमबाट चल्ने, सफा र आधुनिक सहर बनाउने बताए। पोखराको मेन बसपार्क हामीले लामे आलमा बनाउने, जसमा छुट्टै अटो पार्क बनाउने योजना रहेको उनले बताए। उनले अहिले पृथ्वी चोकमा रहेको बसपार्कलाई पोखराको सिटी बसपार्कका रुपमा परिणत गर्ने पनि जानकारी दिए। उनले पोखरा महानगरभित्रका सबै वडामा साँझ ६ बजेसम्म गाडी चल्ने, आयात प्रतिस्थापन गर्ने उपाय अपनाउने, पोखरेलीहरुको जीवनस्तरलाई उकास्न योजना अघि सार्ने, भान्सालाई सस्तो, सुलभ, सफा र हाइजेनिक बनाउने काम आगामी ६ महिनामा नतिजा निस्किने कार्ययोजना अघि बढाउने बताए। उनले बाँच्नका लागि चाहिने खर्चलाइ बिस्तारै कम गर्दै जाने योजना रहेको पनि बताए।

उनले भने, ‘पोखराको ५ वर्ष अनुकरणीय हुनेछ। अरु देशका अरु नगरपालिकाहरु पनि सिस्टममा चलेको नगरपालिका हेर्न जाऔँ, महानगर हेर्न जाऔँ भनेर पोखरा आउनुहुनेछ।’ आचार्यले शपथपछिको पहिलो बैठकबाट नै फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने बताए। उनले पोखरामा फोहोर व्यवस्थापन गर्न नसके अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालन हुन नसक्ने स्थितिमा रहेको भन्दै अब फोहोरलाई फरक ढंगले व्यवस्थापन गर्ने दाबी गरे।

पोखरामा विगत लामो समय यता फोहोर व्यवस्थापनको ठूलो चुनौती देखा पर्दै आएको छ। उनले पोखरामा फोहोर व्यवस्थापनको लागि निर्वाचित हुनु पहिला नै अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर आगामी बजेटमा प्राथमिकता राख्न अनुरोध गरेको पनि बताए।

पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार आचार्यले १ लाख ३८ हजार २११ मत गणना गर्दा ५६ हजार ४७१ र उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका थापाले ५१ हजार १८५ मत प्राप्त गरे। त्यस्तै उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले हालसम्म ५८ हजार ५८१ मत प्राप्त गरेकी छन्। उपमेयरमा गठबनधबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५४७ मत पाएकी छन्। पोखरा महानगरपालिकामा अब ५ हजार १५ मत गणना गर्न बाँकी रहेको छ।

प्रकाशित: May 24, 2022| 11:42 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।