शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पदभार ग्रहण गर्दै बुटवलका मेयरले गरे सुकुम्बासीलाई अस्थायी निस्सा बाँड्ने निर्णय

पदभार ग्रहण गर्दै बुटवलका मेयरले गरे सुकुम्बासीलाई अस्थायी निस्सा बाँड्ने निर्णय

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख नेकपा एमालेकी सावित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

बुटवल– बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख नेकपा एमालेकी सावित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन्। दुवैले सोमबार आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्। 

National life

नगर प्रमुख पाण्डेयले बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने टिप्पणी सदर गरेर कार्यभार शुरु गरेका हुन्। सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र दिने निर्णय गरिएको हो। 

अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वडाबाटै नामसारीको काम शुरु गर्ने पाण्डेयले बताए। उनले दीर्घकालीन रुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसँग सहकार्य गर्ने बताए। 

बुटवलमा करिब १६ हजार ५ सय घरधुरी अव्यवस्थित सुकुम्बासी रहेको उपमहानगरको तथ्यांक छ। पाण्डेयले चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतिपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा रोखर काम गर्ने बताए।    

२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका बुटवल नगर सभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

Laxmi sunrise bank
kumari

१९ वडा रहेको बुटवलमा कांग्रेसले ११, एमालेले ५ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन्।

प्रकाशित: May 23, 2022| 17:03 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।