बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भोजपुर नगरपालिकाको पहिलो निर्णयः विपन्नका लागि पानी र बिजुलीको मिटर निःशुल्क जडान

भोजपुर नगरपालिकाको पहिलो निर्णयः विपन्नका लागि पानी र बिजुलीको मिटर निःशुल्क जडान

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सोमबार पदभार ग्रहण गरेका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सोमबार पदभार ग्रहण गरेका छन्। दोस्रो पटक मेयरमा निर्वाचित भएका आलेले पदभार ग्रहण गर्दै विपन्न नागरिकलाई निःशुल्क पानी र बिजुलीका मिटर निःशुल्क जडान गर्ने निर्णय गरेका छन्। 

यस्तै, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय नगरपालिकाले गरेको छ। सदरमुकाम र आसपासमा अब्यवस्थित बिद्युतको तार हटाएर एबिसी केवल लगाउने निर्णय समेत गरिएको छ।

‘विपन्नताका कारण नगरभित्रका कतिपय घर परिवारहरुले खानेपानी तथा बिद्युत सेवाको पहुँचमा नभएकाले त्यस्ता परिवारलाई खानेपानी र बिद्युत जडानको व्यवस्था नगरपालिकाले गर्ने छ,’ आलेले भनेका छन्,  ‘६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि, निःशुल्क एम्बुलेन्स सेवा र बिद्युतीय दुर्घटनालाई मध्यनजर गर्दै बजार क्षेत्रमा अव्यवस्थित बिद्युतका तार हटाएर एबिसी केवुल मार्फत बिद्युत लाइन व्यवस्थित गरिने छ।’

प्रकाशित: May 23, 2022| 16:46 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।