मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भोजपुर नगरको पहिलो निर्णय : विपन्नका लागि पानी र बिजुली मिटर जडान निःशुल्क

भोजपुर नगरको पहिलो निर्णय : विपन्नका लागि पानी र बिजुली मिटर जडान निःशुल्क

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले पदभार ग्रहण गरेका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

National life
kumari

काठमाडौं- भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले पदभार ग्रहण गरेका छन्। दोस्रो पटक मेयरमा निर्वाचित भएका आलेले पदभार ग्रहण गर्दै अतिविपन्न नागरिकहरुलाई निःशुल्क पानी र बिजुली मिटर जडान गर्ने निर्णय गरेका छन्। 

यस्तै ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने निर्णय नगरपालिकाले गरेको छ। सदरमुकाम र आसपासमा अव्यवस्थित विद्युतको तार हटाएर एबीसी केवल लगाउने निर्णय समेत गरिएको छ। 

‘विपन्नताका कारण नगरभित्रका कतिपय घर परिवार खानेपानी तथा विद्युत सेवाको पहुँचमा नभएकाले परिवारलाई खानेपानी र विद्युत जडानको व्यवस्था नगरपालिकाले गर्नेछ,’ आलेले भनेका छन्,  ‘६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र विद्युतीय दुर्घटनालाई मध्यनजर गर्दै बजार क्षेत्रमा अव्यवस्थित विद्युतका तार हटाएर विद्युत प्राधिकरणको समन्यवमा एबीसी केवुलमार्फत् विद्युत लाइन व्यवस्थित गरिने छ।’

प्रकाशित: May 23, 2022| 16:35 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।