भरतपुर- भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७७७ मत गणना भएको छ। महानगरमा १ लाख २७ हजार ८३९ मत खसेकोमा १४ हजार ६२ मत गन्न बाँकी रहँदा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता बनाएकी छन्। उनी एमालेका विजय सुवेदीभन्दा १० हजार ८९७ मतान्तरले अघि छन्।
रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन्। सोही पदमा राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन्।
भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ। अहिले वडा नं २५ र २६ को मतगणना जारी छ।