शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • व्यासमा कांग्रेसको किल्ला भत्काउन सकेन एमाले–स्वतन्त्र गठबन्धनले

व्यासमा कांग्रेसको किल्ला भत्काउन सकेन एमाले–स्वतन्त्र गठबन्धनले

तनहुँको व्यास नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- तनहुँको व्यास नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्।

National life

उनी १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत पाए।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन्। उनले १२ हजार ४९८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर समेत रहेको व्यासमा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशी स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिएका थिए। अझ चाखलाग्दो कुरा त जोशीसँग नेकपा एमालेले तालमेल गरेको थियो।
सत्ता गठबन्धन दलहरुबीच भने तालमेल थिएन व्यासमा। त्यहाँ कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसले गोविन्दराज जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो। तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ। व्यासको चुनावी परिणाम शीर्ष नेताहरुसँगको प्रतिष्ठासँग जोडिएकाले पनि यसलाई निकै चासोका साथ हेरिएको थियो।

०७४ सालको स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो। ५ वर्ष कार्यकाल सम्हालेका न्यौपाने पुनः उम्मेदवार बनेका हुन्। त्यतिखेर न्यौपानेले १३ हजार ५६ मत प्राप्त गरी नेकपा एमालेका शंकरनारायण श्रेष्ठमाथि जित हासिल गरेका थिए। श्रेष्ठले ९ हजार ५ सय ९१ मतमा चित्त बुझाएका थिए।

२०४८ सालयता व्यासमा कांग्रेसले नै एकछत्र रुपमा राज गरिरहेको छ। २०७४ को निर्वाचनलाई हेर्ने हो भने नेपाली कांग्रेस नगरपालिकाकै बलियो दल बनेको थियो। २०७४ मा व्यासको मेयर र उपमेयर कांग्रेसले जितेको थियो। व्यासका १४ मध्ये एउटा वडामा मात्रै एमालेले अध्यक्ष जितेको थियो। व्यासमा नेपाली कांग्रेसका वैकुण्ठ न्यौपानेले १३ हजार ५६ मत ल्याउँदा एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत प्राप्त गरेका थिए।

प्रकाशित: May 23, 2022| 06:03 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।