बिहीबार, वैशाख २०, २०८१

दललाई धरानबासीको चुनौती, साम्पाङलाई जिम्मेवारी

त्यस्तो सहज जित उनको भएको होइन। लामो समयदेखि धरानबासीकै समस्यामा डटेर लडेका पात्र हुन्, उनी। सामाजिक मुद्दामा सधैं अग्रपंक्तिमा देखिने उनले कतिपटक प्रहरीको कुटाइ खाए, हिरासतमा थुनिए। तर, सामाजिक मुद्दामा आवाज उठाउन कसैले रोक्‍न सकेनन्।
 |  आइतबार, जेठ ८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, जेठ ८, २०७९

काठमाडौं- ‘अब उप्रान्त धरान नगरपालिका उच्च आदर्श, निष्ठा र अनुशासनका साथ जनहीतमा समर्पित बनेर चल्नेछ!’ धरान उपमहानगरपालिकाका मेयरको रुपमा निर्वाचित हर्क साम्पाङ(हर्कराज राई)ले चुनावी परिणाम घोषणा हुनु केही अगाडि मात्र यस्तो घोषणा गरिसकेका थिए। उनको यो पोस्टले धरानबासीलाई थप आशावादी बनाएको छ, परिवर्तनका लागि। 

triton college

दशकौँदेखि ‘परिवर्तन ल्याउँछु, धरान बनाउँछु’ भन्‍ने साम्पाङलाई नै धरानबासीले आज मेयर बनाएका छन्। जबकी चुनावी मैदानमा उनको कुनै त्यस्तो तडकभडक देखिएको थिएन। भव्य र्‍याली र जुलुस निकाल्ने राजनीतिक दलको अगाडि उनको कार्यक्रम साधारण देखिन्थ्यो। एउटा अटोमा स्पिकर राखेर चोकचोकमा आफ्नो एजेण्डा सुनाउँदै हिड्थेँ, साम्पाङ। 

चुनाव आगडि विभिन्‍न विश्लेषणात्मक भनिएका रिपोर्टसमेत आएका थिए। तर, त्यसबेला कसैले हर्क साम्पाङलाई वास्ता गरेको पाइँदैनथ्यो। यतिसम्म कि धरानका राजनीतिका जानकार भनिएकाहरुले साम्पाङलाई ‘साइड’मा राखेर चुनावी विश्लेषण गर्थे।

असन्तुष्ट पक्षको केही मत ल्याए पनि चुनाव जित्‍न असम्भव रहेको कुराहरु बाहिर सुनिन्थे। चुनावी प्रचारका क्रममा र मतदान अघि गरिएका सबै विश्लेषण र टिप्पणीहरु सही सावित भएनन् र नतिजा साम्पाङको पक्षमा आयो। अझ भनौं धरानबासीले एउटा स्वतन्त्र उम्मेदवार जिताएर दलहरु र राजनीतिक विश्लेषक भनिएकाहरुलाई अचम्मित पारिदिए। 

हुन त स्वतन्त्र उम्मेदवार राई धरानमा चर्चित पात्र नै हुन्। विशेषगरी धरानबासीले झेलिरहेको खानेपानीको समस्यालाई मुल मुद्दा बनाएर उनी चुनावी मैदानमा होमिएका थिए।

corrent noodles
Metro Mart

‘धरान खानेपानी व्यवस्थापन बोर्ड’का अुनसार धरानका बस्तीलाई दैनिक दुई करोड ५० लाख लिटर पानी चाहिन्छ। तर, अहिलेसम्म एक करोड ६० लाख लिटर पानी मात्रै धरानमा उपलब्ध छ। यो समस्या समाधान गर्न १० वर्ष अघिदेखि नै विभिन्‍न संघसंस्थाले काम गरिरहेका छन्।

करीब १० वर्षअघि सुरु गरिएको खानेपानी परियोजनामा समेत दुई अर्ब १६ करोड खर्च भइसकेको छ। उक्त समस्या अहिलेसम्म हल हुन सकिरहेको छैन। त्यसैले स्वतन्त्र उम्मेदवार राईको यही योजनाले धरानबासीको ध्यान तान्यो।

काठमाडौं महानगरमा बालेन शाह एकाएक उदय, त्यस्तो सहज जित उनको भएको होइन। लामो समयदेखि धरानबासीकै समस्यामा डटेर लडेका पात्र हुन्, उनी। सामाजिक मुद्दामा सधैं अग्रपंक्तिमा देखिने उनले कतिपटक प्रहरीको कुटाइ खाए, हिरासतमा थुनिए। तर, सामाजिक मुद्दामा आवाज उठाउन कसैले रोक्‍न सकेनन्।

खानेपानीको समस्या समाधान गर्नेदेखि विभिन्‍न सामाजिक मुद्दामा अभियान चलाएका राई पटक-पटक प्रहरीको नियन्त्रणमा पनि परेका छन्। यसअघिको चुनावमा पनि यस्तै मुद्दा लिएर उनी चुनावमा होमिएका थिए। त्यसबेला पानीको बोतल चुनाव चह्न पाएका उनले जम्मा ५४० मत मात्र पाए। थोरै मत पाए पनि उनी पछि सरेनन्, बरु अर्को चुनावमा पुनःउठ्ने त्यसैबेला घोषणा गरे। 

अन्ततः उनले यो चुनावमा उम्मेदवारी पनि दिए। यसपटक पनि चुनाव लड्दै गर्दा उनले धारा चुनाव चिह्न पाउनपर्ने माग राखेका थिए।  यद्यपि निर्वाचन आयोगले भने उनलाई ‘लौरो’ थमायो। जनताले साम्पाङको 'लौरो'मा छाप लगाएर साहरा खोजे। 

साम्पाङले यसरी मुलधारका राजनीतिक दललाई नै चुनौति देलान् भन्‍ने आँकलन नगरिएकोप्रति अहिले राजनीतिक विश्लेषकहरु नै स्वीकार गर्छन्। सहप्राध्यापक राजन शर्माले चुनावको पूर्वसन्ध्यामा भनेका थिए, ‘राप्रपाको लहर देखिएको छैन। हर्कराज साम्पाङ युवा माझ लोकप्रिय छन्। यहाँ प्रभावशाली नेतृत्वको अभाव छ। त्यसैले खानेपानीको एजेण्डा बोकेका हर्कले असन्तुष्टको मत आफनो पक्षमा पार्न सक्ने सम्भावना देखिन्छ। यद्यपि, मुख्य प्रतिस्पर्धा भने ठूलो दलबीच नै हुन्छ।’

यसरी दलका उम्मेदवारका मत काट्ने उम्मेदवारको रुपमा मात्र हेरिएका हर्कले सबैलाई चकित बनाइदिए। धरानका मतदाताले एउटा साधारण मान्छेलाई आफ्नो नेताको रुपमा स्वीकार गरेका छन्। साधारण यसमानेमा कि, उनले धरानका सामाजिक विषयमा सरल तरिकाले मुद्धा उठाउने गरेका छन्।

त्यसैले त उनको यही विशेषतालाई लिएर कवि मनु मन्जिल फेसबुकमा लेख्छन्, ‘बधाई भन्छु हर्क साम्पाङ जी। एक्लै, हाते माइक समातेर, भोट माग्दै हिँडेको देखेको। अब धरान जस्तो महत्वपूर्ण सहरको मेयर हुन लाग्‍नु भो। तपाईं यस्तै रहनुहोला, जस्तो हुनुहुन्छ। धरानले पानी पाओस्।अरु त गरिहाल्नु होला। केही भन्दिनँ।’

हुन पनि देशका अन्य ठाउँमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवारजस्ता होइनन्, हर्क साम्पाङ। जस्तो काठमाडौं महानगरमा बालेन शाह एकाएक उदाय, त्यस्तो सहज जित उनको भएको होइन। लामो समयदेखि धरानबासीकै समस्यामा डटेर लडेका पात्र हुन्, उनी। सामाजिक मुद्दामा सधैं अग्रपंक्तिमा देखिने उनले कतिपटक प्रहरीको कुटाइ खाए, हिरासतमा थुनिए। तर, सामाजिक मुद्दामा आवाज उठाउन कसैले रोक्‍न सकेनन्।

धरानबासीले सामान्य स्थानीय मुद्दा बोकेको स्वतन्त्र उम्मेदवार साम्पाङलाई उपमहानगरपालिकाको जिम्मेवारी सुम्पेर दलहरुलाई स्थानीय मुद्दा बिर्सेमा विकल्प खोज्छन् भन्‍ने चुनौती पनि दिएका छन्। 

साम्पाङ एक समय वैदेशिक रोजगारीका लागि अफगानिस्तान पनि गएका थिए। देशको बेथितिदेखि वाक्क उनले नेपाल आएर राष्ट्रिय एकता सञ्जाल भन्ने संस्था नै खोले। यो संस्थाले भ्रष्टाचार विरोधी अभियान चलायो। भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा उनले आफ्नो नामको पछाडि ‘क्रान्ति’ उपनाम जोड्थे। आदिवासी मूलवासी एकता सञ्जालमा जोडिएर पनि उनले विभिन्‍न अभियान चलाएका छन्। 

रोचक त के भने, चुनावी प्रचारको क्रममा टेम्पो(अटो) प्रयोग गरेका साम्पाङ पहिला आफैँ टेम्पो चालक पनि थिए। टेम्पो व्यवसायी रहँदा उनले टेम्पो एकता संघ समेत खोले। त्यसबेला नै साम्पाङ बेथितिविरुद्ध बेलामौकामा टेम्पोमै माइकिङ गर्दै हिड्ने गरेको धरानबासी सम्झन्छन्। 

उनले धरानमा जनसरोकार मञ्चबाट पनि आफ्नो अभियानलाई निरन्तरता दिइरहे। खानेपानी समस्यामा नै आफूलाई केन्द्रित गराए। उपमहानगरको कार्यलय अगाडि गएर धर्ना नै दिन्थे। त्यसबेला प्रहरीले व्यापक दमन गर्थ्यो। उनी त्यहाँबाट कि हटाइन्थे, कि पक्राउ नै पर्थे। 

साम्पाङलाई झुटा मुद्दा लगाएर फसाउन नखोजिएको पनि होइन। खानेपानीको पाइप तोडफोडदेखि अनेकौ आरोप उनले खेपे। त्यो क्रममा १५ दिन थुनामा पनि परे। यद्यपि, अदालतले पछि उनलाई सफाइ दिएको थियो।

०६८ साल ताका खोलानालाबाट ढुङ्गा–गिटीको अनियन्त्रित उत्खनन रोक्न पहल गर्दा उनले कुटाइसमेत खानुपरेको थियो। टिपर चालकहरुको समूहले उनीहरुको समूहलाई कुटपिट गरेको थियो। यसरी प्रत्यक्ष-परोक्ष रुपमा धरानबासीको समस्या समाधानमा अभियान चलाएका साम्पाङको एजेण्डालाई जनताले अनुमोदन गरेका छन्। 

उनको जितसँगै वामपन्थी इलाकाको रुपमा परिचित धरानमा यसपटक पनि उनीहरुको किल्ला भत्किएको छ। नेकपा माओवादी २०६३ सालमा संसद्मा प्रवेश गरेपछि पनि वामपन्थीहरुको नेकपा माओवादी र नेकपा एमाले दुई धारामा विभाजित भए।

त्यसपछि वामपन्थीको एकल बर्चश्व धरानमा रहन सकेको थिएन। त्यस्तै, पछिल्लोपटक पनि दुवै वामपन्थी धार एक भएकै बेला कांग्रेसका तिलक राईले धरानको नेतृत्व कम्युनिस्टको हातबाट खोसेका थिए।  यसपटक भने सामान्य स्थानीय मुद्दा बोकेको स्वतन्त्र उम्मेदवारले धरान उपमहानगरपालिकामा जित हात पारेका छन्।


प्रकाशित: May 22, 2022| 17:17 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...