मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुँदैछ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुँदैछ। प्रतियोगिता जेठ ९ देखि १२ गतेसम्म ७२ होल फर्म्याटमा खेलाइनेछ भने दोस्रो राउन्ड (३६ होल) पछि कट लाग्नेछ। टाएसहित शीर्ष २१ प्रोफेसनल र ६ जना एमेच्योर अन्तिम ३६ होलहरूमा यात्रा गर्नेछन्।

प्रतियोगितामा ४० भन्दा बढी प्रोफेसनल खेलाडीहरूले रु. १४ लाख ६१ हजारको पुरस्कारको लागि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। यस सिजनको ग्राण्ड फिनालेको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख १० हजार, चौथो हुनेले ९५ हजार र पाँचौं हुनेले ८७ हजार पाउने आयोजकले जनाएको छ। शीर्ष २१ भित्र पर्ने अन्यले पनि नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा १२ जना एमेच्योरहरूले प्रोफेसनलहरूसँग खल्ने छन्।

पहिले पनि पुरस्कार राशि जितेका नेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई र १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ प्रतियोगिताका प्रबल दावेदार हुन्। सद्भाव आचार्य, टाशी छिरिङ, वाङ्चेन धोन्डुप भने एमेच्योर ट्रफीका लागि प्रतिस्पर्धा गर्ने छन्।


प्रकाशित: May 22, 2022| 16:48 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्