शुक्रबार, मंसिर १२, २०८२

पोखरामा नेकपा (एस) का आचार्य जित नजिक

पोखरा महानगरपालिकाको मतगणना करिब ७५ प्रतिशत सकिएको छ। मेयरमा सत्तारुढ गठबन्धनबाट मेयरका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्य झन्ड‌ै ३ हजार ३ सय मत नेकपा एमालेका कृष्ण थापाभन्दा अघि छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– पोखरा महानगरपालिकाको मतगणना करिब ७५ प्रतिशत सकिएको छ। मेयरमा सत्तारुढ गठबन्धनबाट मेयरका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्य झन्ड‌ै ३ हजार ३ सय मत नेकपा एमालेका कृष्ण थापाभन्दा अघि छन्। 

National life

एमालेले साविक जितेका वडा पनि गुमाएको छ। एमालेकै गढ मानिएका वडाबाट मेयरमा धनराजले मत पाएका छन्। उपमेयरकी उम्मेदवार एमालेकी मञ्जुदेवी गुरुङ पनि कांग्रेसकी कोपिला रानाभाटभन्दा पछि परेकी छन्। 

आइतबार दिउँसोसम्म एमालेले १, ५, ६, ८, १५, २० र २९ नम्बर वडा जितेको छ। यीमध्ये ६ नम्बर वडा पहिला कांग्रेसले जितेको वडा हो। कांग्रेसले २, ३, ४, ७, ९, १०, १२, १३, १४, २३, २४, २५, २६, २७, २८ र ३० जितेको छ। यीमध्ये ७, १३, २४, २५, २६, २८ र ३० यसअघि एमालेले जितेका वडा हुन्।

हाल ११, १६, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ नम्बर वडाको गणना भइरहको छ। यीमध्ये ११ र ३२ मात्रै कांग्रेसले जितेका वडा हुन्। गन्न बाँकी रहेका वडालाई एमालेको प्रभावशाली वडाको रुपमा लिइए पनि हाल मेयरमा धनराजले अग्रता लिइरहेका छन्। अग्रता धेरै हुने ठानिएको वडामा पनि थापाले मतान्तर धेरै बनाउन नसकेका कारण आचार्यको जित निश्चितजस्तै भएको छ।

आइतबार दिउँसोसम्म १ लाख ४ हजार २ सय १२ मतगणना हुँदा धनराजले ४१ हजार ७ सय ५ र कृष्ण थापाले ३८ हजार ३ सय १० मत पाएका छन्। उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले ४३ हजार ६ सय १६ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९ सय २० मत प्राप्त गरेकी छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 22, 2022| 14:51 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।