मंगलबार, पुस १, २०८२

सिरहामा सुतेकै ठाउँमा बाबुछोराको हत्या

सिरहामा बाबुछोराको हत्या भएको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– सिरहामा बाबुछोराको हत्या भएको छ। अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।

National life

घरमै सुतिरहेको अवस्थामा शनिबार राति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ। 

सन्तकुमारको यही जेठ ११ गते विवाह हुने तयारी थियो। स्थानीय महिला राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए। 

सुतेकै स्थानमा उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 


प्रकाशित: May 22, 2022| 14:34 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।