बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिलले एनबी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत कारोबार छिटै

नबिलले एनबी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, एकीकृत कारोबार छिटै

नबिल बैंकले नेपाल बंगगलादेश बैंक लिमिटेड (एनबि) लाई एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– नबिल बैंकले नेपाल बंगगलादेश बैंक लिमिटेड (एनबि) लाई एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। बैंकको शनिबार बसेको विशेष साधारणसभाले एनबीलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो। 

National life

नबिल बैंकका अनुसार सो विषेष साधारणसभाले एनबी बैंकको सम्पति र दायित्वको मूल्यांकन प्रतिवेदन (डिडिए) पनि पारित गरेको छ। प्रतिवेदन अनुसार एनबी बैंकको १०० कित्ता बराबर नबिलको ४३ कित्ता अर्थात् १००ः४३ को अनुपातमा नबिलले एनबीलाई प्राप्ति गर्ने छ। 

सो विशेष साधारणसभाले पिकेएफ टीआर उपाध्याय एण्ड कम्पनीले गरेको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए), समझदारीपत्र (एमओयु) तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कारवाहीहलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

एनबीलाई प्राप्ति गरेपछि नबिल बैंक देशकै सबैभन्दा धेरै चुक्तापुँजी भएको बैंक बन्नेछ। नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा विस्तार ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ। यो गत चैत मसान्तको वित्तीय विवरण अनुसार हो। त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ। 

एनबीलाई प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल २५४ पुग्नेछ। त्यसैगरी नौ महिनाको संयुक्त खुद नाफा चार अर्ब ४६ करोड रुपैयाँ हुनेछ।

Shivam cement



प्रकाशित: May 22, 2022| 14:27 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्