काठमाडौं– ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।
आज बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित बाटोमा उनी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनी घरभन्दा करिब डेढ किलोमिटर टाढा सडकमा फेला परेकी हुन्। प्रहरीका अनुसार सडकको दायाँबायाँ जंगल छ। किशोरीको उद्धार गरी सुरुमा जिल्लास्थित मिसन अस्पतालमा लगिएको र थप उपचारका लागि काठमाडौं पठाउन लागिएको प्रहरीले बताएको छ।
प्रहरीका गए परिवारसँगै सुत्न गएकी किशोरी बिहान करिब ४ बजेतिर घरमा थिइनन्। त्यसपछि घरपरिवार तथा छिमेकी मिलेर खोजी गर्दा सडकमा फेला परेकी हुन्।