काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा नेपाली कांग्रेसका कल्पनाकुमारी जोशी निर्वाचित भएका छन्।
आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका महरा ६ हजार ७७३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ६ हजार २६४ मत पाए भने नेकपा माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २२५ मत ल्याए।
उपमेयरमा भने नेपाली कांग्रेसकी जोशी ६ हजार ५१९ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० मत ल्याए।