शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढीमा कांग्रेस पराजय र गोपाल हमाल उदयको अन्तर्य

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वडसँग यसपटक हमालले बदला लिएका छन्। हमालले वडलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।
 |  आइतबार, जेठ ८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, जेठ ८, २०७९

काठमाडौं- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन्।

triton college

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वडसँग यसपटक हमालले बदला लिएका छन्। हमालले वडलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। हमाल २६ हजार ८६५ मतका साथ निर्वाचित भए भने वडले १४ हजार ८१७ मतमात्र ल्याउन सके। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए।

उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली कांग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो।

गढकै रुपमा रहेको धनगढीमा कांग्रेस नराम्रोसँग पराजित हुँदा धेरैको ध्यान तानेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत रहेको धनगढीमा कांग्रेसको पराजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Metro Mart
vianet

धनगढीका पुराना र प्रभावशाली नेता पुष्करनाथ ओझामाथिको कारबाही, पार्टीको १४औं जिल्ला अधिवेशको मनमुटाव र कार्यकर्ताको भावनाअनुरुप टिकट वितरण नहुँदा कांग्रेस पराजित भएको कतिपय कांग्रेसकै स्थानीय नेताहरूले बताएका छन्। 

नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्ट कांग्रेसले धनगढीमा पराजित हुनु दुर्भाग्यपूर्ण भएको बताउँछन्। 'कांग्रेसले ११ वटा वडा जितेको छ। वडामा कांग्रेसलाई भोट आउने तर मेयरका उम्मेदवारलाई नआउने भनेको ठूलो अन्तरघात भएको छ,' उनी भन्छन्। यो कुरा पार्टीमा गहन समीक्षाको विषय भएको उनको भनाइ छ।

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वडसँग यसपटक हमालले बदला लिएका छन्। हमालले वडलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।

यस विषयमा समीक्षाका लागि आजै बैठक बोलाइने उनले बताए। त्यसका लागि आफूले पत्र काटिरहेको उनले सुनाए। 'म फागुन १९ गते चुनाव जितेर जिल्ला सभापति भएँ। जिल्लाभरको संगठनको अवस्था र लोकप्रियता बुझ्न पाएको थिइनँ। जेसुकै भए पनि मेयरमा अन्तरघात भएको छ। त्यसको हामी गम्भीर समीक्षा गर्छौं,' उनले भने। 

नवनिर्वाचित मेयर हमाललाई बधाई दिँदै निवर्तमान मेयर वड।
धनगढीमा कांग्रेस जिल्ला सभापति भट्ट र क्षेत्रीय सभापति भीम पडालकै वडामा पराजित भएको छ। सभापति भट्टको बसोबास रहेको धनगढी-१२ मा एमाले उम्मेदवार विजयी बनेका छन्। धनगढी-१२ मा एमालेका शेरबहादुर महरा निर्वाचित बने। यस्तै पडालको बसोबास रहेको वडा नम्बर ७ मा पनि एमालेकै मोती राना निर्वाचित भए।

धनगढीमा कांग्रेसबाट वडा नम्बर १ मा सन्तोष मुडभरी, २ मा धर्मराज ओझा, ३ मा राजबहादुर ऐर, ४ मा बुद्धिबहादुर खड्का, ५ मा गजेन्द्र शाही, ९ मा प्रेमबहादुर भण्डारी, १३ मा विजय जोशी, १४ मा मानबहादुर विष्ट, १५ मा सखदेव रानाथारु, १७ मा माधव राना र १९ मा बाँधुराम चौधरी विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो। यस पटक कांग्रेसले धनगढीमा मेयर-उपमेयरसहित एक वडा गुमाएको छ।

यस्तै वडा नम्बर ७ मा मोती राना, ८ मा जुगराम चौधरी, १० मा शिवकुमार राना, ११ मा रुपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा र १८ मा भुवन रिजाल एमालेबाट वडाध्यक्षमा विजयी भएका छन्। २०७४ सालमा एमाले २ वडाध्यक्षमात्रै जित्न सफल भएको थियो। 

२०७४ सालमा ५ वडामा विजयी भएको माओवादी केन्द्र अहिले २ वडामा मात्रै विजयी भएको छ। माओवादी केन्द्रबाट वडा नम्बर ६ मा भागिराम चौधरी र १६ मा रामलाल चौधरी विजयी भएका छन्। 

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका मेयर नृपबहादुर वड र उपमेयर सुशीला भट्ट मिश्र।
मेयरका प्रत्यासी वड पनि आफूमाथि ठूलो अन्तरघात भएको बताउँछन्। राम्रा काम गर्न खोज्दाखोज्दै आफ्नो प्रगति देखेर पार्टीकै कतिपय नेताहरूले असहयोग गरेको उनको दाबी छ। 'पार्टीका केही नेतामा मेरो प्रगति देखेर ठूलो भयो भन्ने लाग्यो। त्यस्ता व्यक्ति मलाई सिध्याउन लागिपरे। धनगढीमा म एक्लो व्यक्ति चुनाव लडेजस्तो भएको थिएँ,' वड भन्छन्।

नेपाल समयसँग कुरा गर्दै वडले पार्टीबाट निर्वाचन लडे पनि आफूलाई स्वतन्त्र उमेदवार जस्तै बनाइएको गुनासो गरे। धनगढीमा नाममात्रैको गठबन्धन भएको उनी बताउँछन्। आफूले काम गरेकै कारण धनगढी उपमहानगरपालिका २०७५ सालमा देशकै उत्कृष्ठ उपमहानगर भएको उनले बताए। चुनावी प्रक्रियामा सहभागी भइसकेपछि हारजित स्वाभाविक रहेको भन्दै उनले नवनिर्वाचित मेयरलाई आफ्नो पूर्ण सहयोग रहने बताए।

'कतिपय राम्रा योजनाको थालनी भएको छ। ती योजनालाई पूरा गर्नु छ। राम्रा कामलाई निरन्तरता दिन मैले सधैँ नवनिर्वाचित मेयरज्यूलाई सहयोग गर्नेछु,' वडले भने। उनले आफ्नो पराजयको विषयमा भने पार्टीमा गम्भीर छलफल हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसका निवर्तमान कैलाली जिल्ला सचिव पूर्ण कुँवर उम्मेदवार छनोटमा कमजोरी हुनुका साथै निर्वाचनमा पार्टी परिचालन हुन नसक्दा कांग्रेस उम्मेदवार पराजित भएको बताउँछन्। 'अहिले मानिस परिवर्तन चाहन्छन्। हामीले विचार परिवर्तन गर्न सकेनौं र व्यक्ति पनि परिवर्तन गर्न सकेनौं। पार्टीभित्र आन्तरिक कलह थियो। त्यो पार्टीको जिल्ला अधिवेशनमा पनि देखिएको थियो। त्यसले पनि यो चुनावमा प्रभाव पार्‍यो,' उनी भन्छन्।

उनी पार्टीको आन्तरिक चुनावको विषयले पालिकाको चुनावमा प्रभाव पार्नु गलत भएको बताउँछन्। कांग्रेसका उम्मेदवारलाई जिताउन गठबन्धनले पनि प्रभावकारी भूमिका निर्वाह नगरेको वडको आरोप छ। 'नृप वडलाई जिताउन सबैको सहयोग भएन। पार्टी राम्रोसँग परिचालन भएको पनि देखिएन। चुनावको रणनीति तय गर्ने र चुनाव क्याम्पेनिङ गर्ने मान्छे नै भएनन्। त्यसैले कांग्रेस पराजित भएको हो,' उनले भने।

नेपाली कांग्रेसका निवर्तमान कैलाली जिल्ला सचिव पूर्ण कुँवर उम्मेदवार छनोटमा कमजोरी हुनुका साथै निर्वाचनमा पार्टी परिचालन हुन नसक्दा कांग्रेस उम्मेदवार पराजित भएको बताउँछन्।

कैलालीमा पुष्करनाथ ओझाको प्रभाव पनि रहेकाले पार्टीले कारबाही फुकुवा गरेर सक्रिय गराउन नसक्दा पनि अहिलेको अवस्था आएको उनी बताउँछन्। 'धनगढीका प्रभावशाली नेतालाई कारबाही गरेर पार्टीले निष्कृय पारिदिएको छ। पुष्कर दाइको केही महिना पहिले नै कारबाही फुकुवा गरेर सल्लाह अनुसार नै नृपजीलाई मेयरको उम्मेदवार बनाए पनि हुन्थ्यो। त्यो हुन सकेन,' उनी भन्छन्।

पार्टी आफ्नो उम्मेदवारलाई जिताउन किन सक्रिय हुन सकेन र स्वयं उम्मेदवारले पनि पार्टी नेतृत्वलाई किन सक्रिय बनाउन सक्नुभएन भन्ने गम्भीर समीक्षाको विषय भएको उनले बताए। कुँवरले पराजयको मसिनो कारण खोजेर पार्टीले आत्मसमीक्षा गर्नुपर्ने बताए।

उता नवनिर्वाचित मेयर गोपाल हमालले आफूमाथि जनताको ठूलो विश्वास रहेको बताउँदै उक्त विश्वासलाई मर्न नदिने बताएका छन्। उनले आफूले निर्वाचनभन्दा अघि बाचा गरे अनुसार नै काम गर्ने बताएका छन्। उनले महानगरपालिकाबाट प्राप्त हुने कुनै सेवासुविधा नलिएर उपमहानगरको विकासमा खटिने सुनाए।

उनले नेपाल समयसँग कुरा गर्दै उनले आफूलाई धनगढीले धेरै कुरा दिएको र अब आफूले धनगढीलाई केही गर्ने समय आएको बताए। 'म जनताको मप्रतिको विश्वास गुम्न दिने छैन। कुरा होइन काम गरेर देखाउने छु। धनगढीलाई सुन्दर र नमुना उपमहानगर बनाउने दृढताका साथ काम गर्ने छु। मलाई मेरो ठाउँले धेरै कुरा दिएको छ। अब धनगढीलाई केही दिनु छ,' उनले भने, ‘मैले भत्ता लिन्न, कुनै सेवासुविधा लिन्न। गाडी मेरो आफ्नै हुन्छ। अरु खर्च आफ्नै हुन्छ भनेर पहिले नै भनिसकेको छु। अब योजनावद्ध रुपमा काम गरेर देखाउँछु,' हमालले भने। 

प्रकाशित: May 22, 2022| 13:10 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...