मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टेलिफोन सेवाको नियमित सञ्चालन गर्दै सिंजाका अध्यक्षले थाले कार्यभार

टेलिफोन सेवाको नियमित सञ्चालन गर्दै सिंजाका अध्यक्षले थाले कार्यभार

जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले शपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित सञ्चालन गरेका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

जुम्ला- जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले  शपथ ग्रहण गरेको पहिलो दिनमै  टेलिफोन सेवा नियमित सञ्चालन गरेका छन्।

सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको बेला नवनिर्वाचित अध्यक्षको पहलमा टेलिफोन सेवालाई नियमित बनाइएको छ। स्थानीय डिल्लीप्रसाद तिवारीकाअनुसार अहिले  सजिलै टेलिफोन लागिरहेको छ।

अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालयमा छिरेका थिए। नेपाल टेलिकमले बत्तीको पावर कम भएको पत्ता लगाएपछि आवश्यक सोलार ब्याट्री व्यवस्थापन गरिएको छ।

२ सय भोल्टका ४८ वटा ब्याट्री र प्राविधिक लिएर शनिबार नै अध्यक्ष धिताल सिंजा गएका थिए।

प्रकाशित: May 22, 2022| 10:40 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्