सोमबार, असोज २१, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बुटवलमा एमालेको गढ भत्काएको गठबन्धनको विजयर्‍याली (फोटो फिचर)

पाँच दलीय गठबन्धनले बुुटवलमा मेयर सहित बहुमत वडा जितेको खुसियालीमा विजय र्‍याली निकालेको छ। बाजागाजासहित मेयरमा निर्वाचित पाण्डेलाई मुख्य बजार क्षेत्र घुमाएर विजयोत्सव निकालिएको हो।
 |  शनिबार, जेठ ७, २०७९
nespernesper

विनोद परियार

विनोद परियार

शनिबार, जेठ ७, २०७९

बुटवल- पाँच दलीय गठबन्धनले बुुटवलमा मेयर सहित बहुमत वडा जितेको खुसियालीमा विजय र्‍याली निकालेको छ। बाजागाजा सहित मेयरमा निर्वाचित पाण्डेलाई मुख्य बजार क्षेत्र घुमाएर विजयउत्सव निकालिएको हो।

triton college

शनिबार बुटवलमा विजयउत्सवपछि आयोजित कोणसलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेले झुटा सपना तुहिएको बताए। उनले विकासको नाममा नेताको स्वार्थपुर्ति गर्ने, पैसा कमाउने प्रवृत्ति विकास भएको भन्दै जनताको चाहना, माग अनुसार काम गर्न सुझाव दिए। उपप्रमुखमा महिला उम्मेदवार नहुंदा गठबन्धनले धेरै ठाउंमा उपमेयरमा हारेको  औंल्याए।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले जनतालाई केन्द्रमा राखेर पाँच दलबीच छलफल गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिए। उनले ५ दलीय गठबन्धनलाई प्रदेश सभा र प्रतिनिधिसभा चुनावसम्म बलियो बनाएर लैजानुपर्ने बताए।


नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बुटवलका मतदाताले प्रतिगमनको विपक्षमा र परिवर्तनको पक्षमा मत जाहेर गरेर नयां इतिहास रचेको बताए। बुटवललाई सुशासनको नमूना बनाउन जनप्रतिनिधिले  भूमिका खेल्नुपर्ने नेता बरालले सुझाव दिए।

Metro Mart
vianet

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बुटवलको स्थानीय चुनावको  नतिजाले एमालेको अहंकार र दम्भको पहाडलाई भत्काइदिएको बताए। सभामा माओवादी केन्द्रका वामदेव क्षेत्री,राष्ट्रिय जनमोर्चाका टानबहादुर केसी,जनता समाजवादी पार्टीका बामदेव भुसाल,माओवादी केन्द्रका महेन्द्र भुसाल  लगायतले चुनावी संकल्पपत्र अनुसार काम गर्ने प्रतिवद्धता जनाएका थिए। 


 

प्रकाशित: May 21, 2022| 20:40 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...