शनिबार, वैशाख २२, २०८१

एमालेको गढ भत्काउँदै कांग्रेसका खेलराज बने बुटवलको मेयर

बुटवल उपमहानगरपालिकाको प्रमुखमा ७ हजार ५३३ मतान्तरले नेकपा एमालेका बाबुराम भट्टराईलाई पराजित गर्दै पाण्डेले जित हासिल गरेका हुन्।
 |  शनिबार, जेठ ७, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, जेठ ७, २०७९

बुटवल- २०५४ सालदेखि एमालेले निरन्तर जित्दै आएको बुटवलमा यसपटकको निर्वाचनमा भने नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन्। २५ वर्षपछि नेपाली कांग्रेसले आफ्नो शाख फर्काएको हो। 

triton college

बुटवल उपमहानगरपालिकाको प्रमुखमा ७ हजार ५३३  मतान्तरले नेकपा एमालेका बाबुराम भट्टराईलाई पराजित गर्दै पाण्डेले जित हासिल गरेका हुन्।  यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतान्तरले पराजित भएका पाण्डेले यो पटक जितेर बदला लिएका छन्। पाण्डेले ३० हजार १३०मत ल्याउँदा उनका प्रतिद्वन्द्वी भट्टराईले २२ हजार ५९७ मत ल्याएका छन्। 

उपमेयरमा नेकपा एमालेका सावित्रा अर्याल विजयी भएकी छन्। उनले गठबन्धनका चिनबहादुर गुरुलाई ७ हजार ९२४ मतान्तरले पराजित गरिन्। अर्यालले २४ हजार ९०४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका गुरुङले १६ हजार ९८० मत ल्याइन्।  

पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेर २०४९ को शाख फर्काउन सफल देखिएको छ भने एमालेको गण भत्किएको छ। पाँच दलीय गठबन्धन एकातिर र  एमाले र जनमुक्ति पार्टी अर्कोतिर भएर बुटवलमा चुनाव भएको हो। २०७४ मा मेयर उपमेयरसहित १६ वडा जितेको एमाले यो पटक उपमेयरसहित ५ वडा जितेको छ। 

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ। यसैगरी एमालेले वडा नं ११, १०, १४, १८ र १९ जितेको छ। नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक-एक वडा जितेका छन्। 

corrent noodles
Metro Mart

यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए। २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भए। मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने। त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भए। 

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए।

उपमेयरमा निर्वाचित एमालेकी सावित्रा अर्याल।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो। २०६४ र २०७० सालमा सम्पन्‍न संविधानसभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भए। आठ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी भए। उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो।  

तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ। बुटवलमा कांग्रेसका पाण्डेको जितेसँगै आगामी प्रतिनिधि सभा र प्रदेश सभामा समेत एमालेको शक्ति खोसिने चर्चा सुरु भएको छ।  

जनताको सुखदुःखको सारथी हुन् पाण्डे 

२०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएपछि झन सक्रिय रुपमा राजनीतिमा लागेकै कारण पाण्डेले यो पटक जित निकालेको कांग्रेस कार्यकर्ताहरु बताउँछन्। उनी बुटवलका हरेक नागरिकको घरघरमा पुगेर चिया पिउने, जनताको सुखदुःखमा सारथी बनेका थिए। सरल र सादगी जीवनशैलीकै कारण पाण्डे बुटवलमा परिचित थिए। बुटवलमा पाँच दलीय गठबन्धन हुँदा जितका लागि जति सहज बन्यो, उनको जीवनशैली र सरलता पनि उतिकै सहयोगी बन्यो। राजनीतिलाई सेवाका रुपमा लिने पाण्डेको २०२६ साल ५ फागुन ५ गते बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका हुन। 

हाल उनी बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन्। 

१३ वर्षको उमेरमै २०३८ सालमा बुटवल झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन्।

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन्।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए। 

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्।

श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्। 

जीवनयात्रा 

नाम – खेलराज पाण्डेय

जन्म – बिस २०२६ फागुन ५ गते

बुबा –लिलाबल्लभ पाण्डेय

आमा – तारादेवी पाण्डेय

स्थान – साविक आलमदेवी २ हाल कालिगण्डकी २

श्रीमती –सीता भट्टराई (पाण्डेय)

छोरा –अभिषेक पाण्डेय

शिक्षा – स्‍नातक

निवास – बुटवल ६ रुपन्देही

राजनीति

–२०३९ बाट आरम्भ

– आदर्श मावि स्याङ्‌जा नेविसंघ सदस्यता विसं २०३९

– जनता मावि पाल्पा जेभिटी नेविसंघ समिति २०४०

– त्रिविमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३

– अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६

– २०४७ बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति

– २०५२ नेविसंघ सचिव रुपन्देही

– २०५९ तरुण दल जिल्ला अध्यक्ष

– २०६० तरुण दल केन्द्रीय सदस्य

– २०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल

– २०७२ नगर विकास समिति बुटवल

प्रकाशित: May 21, 2022| 16:09 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...