काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन गरेको छ ।
सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशवप्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो । एभरेष्ट बैंकमा हालसम्म करिब १२ लाख ग्राहक छन्। बैंकले ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।