शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कपिलवस्तुको बुद्धभूमिमा कांग्रेसका प्रमुख र उपप्रमुख निर्वाचित

कपिलवस्तुको बुद्धभूमिमा कांग्रेसका प्रमुख र उपप्रमुख निर्वाचित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुखमा केशवकुमार श्रेष्ठ र नगर उपप्रमुखमा कांग्रेसकै मीरा थारुले चुनाव जितेकी छन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

बुटवल– कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुखमा केशवकुमार श्रेष्ठ र नगर उपप्रमुखमा कांग्रेसकै मीरा थारुले चुनाव जितेकी छन्।

National life

नगर प्रमुख जितेका श्रेष्ठले १४ हजार ३ सय ८४ मत ल्याई चुनाव जितेका हुन्। निकटतम प्रतिस्पर्धाी रहेका नेकपा एमालेका उम्मेदवार पिताम्बर खनालले १३ हजार ५ सय ९६ मत प्राप्त गरे। श्रेष्ठले खनाललाई ७ सय ८८ मतान्तरले पराजित गरे। नगर प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार शिवलाल यादवले १ हजार २ सय २८ मत ल्याए। 

त्यसैगरी नगर उपप्रमुख थारुले १४ हजार २ सय ८३ मत प्राप्त गरी चुनाव जितिन्। उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार मञ्जु चौधरीले १३ हजार ७ सय १५ मत प्राप्त गरिन्। 

निर्वाचन जितेका प्रमुख श्रेष्ठ र उपप्रमुख थारुले २०७४ को स्थानीय तहको निर्वाचन समेत जितेका थिए। बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ५ वटा वडा जितेको छ। १० वटा वडा रहेको नगरपालिकामा नेकपा एमालेले ४ वटा वडा र जसपाले एउटा वडा जित्न सफल भएको छ।

प्रकाशित: May 20, 2022| 17:43 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।