काठमाडौं– चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
गठबन्धनबाट मेयरमा निर्वाचित प्रल्हाद सापकोटाले एमालेका विमला दुवाडीलाई पराजित गरेका हुन्। सापकोटाले २० हजार ७९६ मत ल्याउँदा दुवाडीले १२ हजार ७२८ मत पाइन्।
उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। एमालेका यादवप्रसाद पाठक १२ हजार ७२८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत पाए।
यसअघि रत्ननगर नगरपालिकाको मेयर एमालेले जितेको थियो।