बिहीबार, वैशाख २०, २०८१

विवेकशील साझाको ‘नाक’ राखिदिने रुस्तम को हुन्?

विवेकशील साझाका रुस्तमले ४ हजार ४५१ अध्यक्षमा र निलमले ३ हजार ५४५ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितेका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका अमिरीलालप्रसादले २ हजार ६४६ र उपाध्यक्ष कामरुन खातुनले २ हजार २७२ मत ल्याए।
 |  बिहीबार, जेठ ५, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, जेठ ५, २०७९

यसअघिको स्थानीय चुनावमा राष्ट्रिय राजनीतिमा चर्चा कमाएको विवेकशील साझाको चालचुल सुनिँदैन। विशेषगरी काठमाडौं महानगरमा रञ्जु दर्शनालाई उठाएर चुनावी अंकगणित नै प्रभावित पारेको यो पार्टी यसपटक झन् खस्किएको छ। आफूलाई ‘वैकल्पिक’ दाबी गर्ने यो दल विवेकशील साझालाई मतदाताले पत्याएनन्। 

triton college

काठामाडौंमा त विवेकशील साझाकी मेयर उम्मेदवार समीक्षा बाँसकोटाको हालसम्म १५० मत पनि आएको छैन। उपमेयर कृति कंसाकरले पनि ५७६ मत मात्र पाएकी छन्। जबकि यसअघिको स्थानीय तहमा रञ्जु दर्शनाले २३ हजार ४३९ मत ल्याएकी थिइन्। त्यसबेला नै साझा पार्टीका किशोर थापाले १८ हजार ४१६ मत ल्याएका थिए। अहिले यी दुवै दल एकीकरण भएर विवेकशील साझा दल बनेको छ। यद्यपि पूर्व विवेकशील खेमाका नेताहरूसँग मिश्रको विवाद कामयै छ। 

तर, यो चुनावमा देशभर यसरी लज्जास्पद मत ल्याइरहँदा बाराको फेटा गाउँपालिकाले भने विवेकशील साझाको ‘नाक’ जोगाइदिएको छ। फेटामा गाउँपालिका अध्यक्षमा विवेकशील साझाका रुस्तम अन्सारी र उपाध्यक्षमा निलम शाह निर्वाचित भएका छन्। विवेकशील साझाका रुस्तमले ४ हजार ४५१ अध्यक्षमा र निलमले ३ हजार ५४५ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितेका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका अमिरीलालप्रसादले २ हजार ६४६ र उपाध्यक्ष कामरुन खातुनले २ हजार २७२ मत ल्याए।

देशभरमा विवेकशील साझाले फेटामा एकठाउँमा मात्र चुनावी परिणाम आफ्नो पक्षमा पार्न सकेको हो। रोचक त के भने, अध्यक्षमा निर्वाचित रुस्तम यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसबाट चुनाव लडेका थिए। त्यसबेला उनले २ हजार ३१६ मत ल्याएर दोस्रो भएका थिए। संघीय समाजवादी फोरम(अहिले एमाले)का अमिरीलाल प्रसादले २ हजार ६११ मत ल्याएर फेटामा निर्वाचित भएका थिए। पार्टीभित्रैबाट अन्तरघात भएकोले त्यसबेला आफूले पराजय बेहोर्नुपरेको रुस्तम दाबी गर्छन्। 

विवेकशील साझाका रुस्तमले ४ हजार ४५१ अध्यक्षमा र निलमले ३ हजार ५४५ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितेका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका अमिरीलालप्रसादले २ हजार ६४६ र उपाध्यक्ष कामरुन खातुनले २ हजार २७२ मत ल्याए।

रुस्तमका अनुसार यसपटक पनि नेपाली कांग्रेसले उनलाई फेटा गाउँपालिका प्रमुखको लागि टिकट दिएको थियो। तर, वडा तहमा भने आफूअनुकुल टिकट नपाएपछि उनले पार्टीबाट चुनाव नलड्ने घोषणा गरे। ‘मैले २५ वर्षको लागानी कांग्रेसमा गरेँ। तर, कांग्रेसी चाहिँ एकदम घातक रहेछन्। राम्रो काम गर्नेको मूल्यांकनसमेत गर्दैनन्,’ उनले भने, ‘यो पटक पनि एउटा मेयरको टिकट मलाई दिएर अरु वडामा चाहिँ पैसाको भरमा अनपढ गवाँरहरुलाई दियो। र, त्यसमा असन्तुष्टि जनाएँ।’

corrent noodles
Metro Mart

यसरी उनले आफूअनुकुल टिमबाट लड्न नपाउने भएपछि पार्टीबाट चुनाव नलड्ने भने। कार्यकर्तासँग सल्लाह गरेर पार्टीको टिकट अस्वीकार गरे। जनतासँग राम्रो सम्बन्ध भएपछि एक्लै पनि चुनाव जितिन्छ भन्ने सुरमा उनी पुगे। अन्ततः विवेकशील पार्टीबाट चुनाव लड्न प्रस्ताव आयो। रुस्तमले बताएअनुसार विवेकशील साझाका पार्टीध्यक्ष रवीन्द्र मिश्रले प्रस्ताव गरेपछि सोही पार्टीबाट चुनाव लड्ने घोषणा गरे।

विवेकशील साझाबाटै उपमेयरमा निलम साह प्रतिस्पर्धामा होमिएकी थिइन्। उनी पनि पालिका उपमेयरमा निर्वाचित भएकी छन्। रुस्तमकाअनुसार निलम साह पनि पहिला कांग्रेसकै कार्यकर्ता हुन्। पार्टीबाट असन्तुष्ट भएपछि उनले विवेकशीलबाट उपमेयर लडेकी हुन्।

‘अहिले कांग्रेसले देख्यो होला, कस्ता मान्छेले चुनाव जित्न सक्ने रहेछन्। अझ हतारहतार भएकोले वडातहमा राम्रो गृहकार्य नै गर्न पाएनौँ। नत्र सबै वडामा हामीले जित्न सक्थ्यौँ,’ उनले भने। 

रुस्तमको कुरा सुन्दा विवेकशीलले बाराको फेटा गाउँपालिकामा पनि आफ्नो मत भन्दा पनि उम्मेदवार स्वयंको प्रभावले मतदाताको ध्यान खिचेको देखिन्छ। उनले एमालेका अमिरीलाल प्रसाद र कांग्रेसकै चन्द्रेश्वर दबेलाई पराजित गरे। 

अन्यत्र भने विवेकशीलको उस्तो क्रेज छैन। जबकी पार्टीले २९ जना प्रमुखसहित २ सय ७६ जना उम्मेदवार उठाएको थियो। चुनावमा काठमाडौँ, भरतपुर, पोखरा, ललितपुर र विराटनगर महानगरसहित विभिन्न तहमा प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यलाई उम्मेदवार बनाएको थियो। 

तर, यो चुनावमा देशभर यसरी लज्जास्पद मत ल्याइरहँदा बाराको फेटा गाउँपालिकाले भने विवेकशील साझाको ‘नाक’ जोगाइदिएको छ। 

देशभरमा गरेर २७६ उम्मेदवार विवेकशील साझाले उठाएको छ। तर, सबैतिर यो पार्टी छायामै देखिन्छ। कहीँ पनि विवेकशील साझाको त्यस्तो चर्चा यसपटक सुनिएन। जबकी स्वतन्त्र उम्मेदवार बालेन शाहदेखि पोखराका गणेश पौडेलसम्म राष्ट्रिय राजनीतिमा चर्चामा देखिए। कतिपय स्थानमा स्वतन्त्रहरुले सम्मानजनक मत पनि पाएका छन्। यसबाट मतदाताले विकल्प चाहेको तर विवेकशील साझालाई ‘वैकल्पिक शक्ति’ मान्न तयार नभएको देखिन्छ।

हुन त यसबीचमा विवेकशील साझाका नेतृत्वकर्ता रवीन्द्र मिश्रले संविधानको मर्मविपरीत प्रश्न उठाउन सुरु गरे। उनी खुलेरै संघीयता, धर्मनिरपेक्षतामाथि जनमत संग्रह हुनुपर्छ भनेर लागिपरे। ‘विचारभन्दा माथि देश’ भनेर अहिलेका उपलब्धिमाथि नै पुनःविचार गर्नुपर्ने मत व्यक्त गर्न थाले। उनको मिश्रको ‘विचार भन्दामाथि देश’ नारा नै विवादित बन्न पुग्यो। यसले पार्टीभित्र थप फाटो ल्यायो। यी सबैको कारण पनि अहिले विवेकशील साझाले अपेक्षाकृत मत ल्याउन नसकेको विश्लेषकहरु बताउँछन्।

प्रकाशित: May 19, 2022| 18:15 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...