बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्यको ९० प्रतिशत मात्र आन्तरिक राजस्व संकलन, भ्याट र अन्त:शुल्क पनि लक्ष्य भन्दा कम

लक्ष्यको ९० प्रतिशत मात्र आन्तरिक राजस्व संकलन, भ्याट र अन्त:शुल्क पनि लक्ष्य भन्दा कम

आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क तीन वटै शीर्षकको कर संकलन लक्ष्यभन्दा कम भएको छ। २ खर्ब २४ अर्ब आयकर संकलन लक्ष्य राखिएकोमा ८८ प्रतिशत अर्थात् १ खर्ब ७३ अर्ब रुपैयाँ असुल उपर भएको विभागले जनाएको छ।
 |  बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९

काठमाडौं- आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको १० महिनामा ३ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। विभागले जारी गरेको कर संकलनको विवरणले निर्धारित लक्ष्यको ९० प्रतिशत राजस्व संकलन भएको देखिएको हो।

National life

यसअवधिमा विभागले ४ खर्ब २० अर्ब आन्तरिक कर संकलन गर्ने विभागले लक्ष्य राखेको थियो। गत आर्थिक वर्ष यसै अवधिमा ३ खर्ब ४३ अर्ब  रुपैयाँ आन्तरिक कर असुली भएको थियो।

आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क तीन वटै शीर्षकको कर संकलन लक्ष्यभन्दा कम भएको छ। २ खर्ब २४ अर्ब आयकर संकलन लक्ष्य राखिएकोमा ८८ प्रतिशत अर्थात् १ खर्ब ७३ अर्ब  रुपैयाँ असुल उपर भएको विभागले जनाएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) १ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ असुली गर्ने लक्ष्य राखिएकोमा ८५.३२ प्रतिशत अर्थात् ९० अर्ब ५१ करोड रुपैयाँ बराबर संकलन भएको छ। 

अन्त:शुल्कतर्फ ८५ अर्ब ८१ करोड रुपैयाँ बराबर अन्त:शुल्क असुली लक्ष्य राखिएकोमा ८३ अर्ब ३० करोड अर्थात ९७.०७ प्रतिशत असुली भएको हो। यस अवधिमा स्वास्थ्य सेवा कर ५ अर्ब ३२ करोड र शिक्षातर्फ ८९ करोड रुपैयाँ बराबर असुली भएको छ।

Shivam cement

चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ३७ अर्ब रुपैयाँ बराबर आन्तरिक कर उठाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा  विभागले करिव १ खर्ब ६० अर्ब रुपैयाँ बराबर कर असुल उपर गर्नुपर्ने देखिन्छ।

प्रकाशित: May 19, 2022| 16:06 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्