सोमबार, वैशाख २४, २०८१

भरतपुर : 'निराश' एमालेलाई तीन वटा वडाको आश, रेणु भन्छिन्- हामी कमजोर छैनौँ

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा यतिबेला वडा नम्बर ९ र १० को मतगणना चलिरहेको छ। हालसम्म गणना भएका ८ वटा वडामध्ये गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले ६ वटा वडा, समाजवादीले एक र नेकपा एमालेले एक वडामा जित हासिल गरेको छ।
 |  बिहीबार, जेठ ५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, जेठ ५, २०७९

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा यतिबेला वडा नम्बर ९ र १० को मतगणना चलिरहेको छ। हालसम्म गणना भएका ८ वटा वडामध्ये गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले ६ वटा वडा, समाजवादीले एक र नेकपा एमालेले एक वडामा जित हासिल गरेको छ। 

triton college

महानगरमा हालसम्म करिब ४२ हजार ४५३ मत गणना हुँदा गठबन्धनकी रेनु दाहालले ३ हजार २ सय १४ बढी मतले एमालेका विजय सुवेदी भन्दा अघि छन्। एमालेका विजय सुवेदीले १२ हजार ९०९ मत ल्याएर रेणुलाई पछ्याइरहेका छन्। गणनाको सुरुवाततिर एकअर्कालाई अघिपछि पारेका वडा नम्बर ५ को गणनापछि रेणुको अग्रतामा अंक थपिने क्रम जारी छ। त्यस्तै स्वतन्त्रबाट उम्मदेवार दिएका जगन्नाथ पौडेलको ६ हजार ६४७ मत पुगेको छ। 

भरतपुरमा एमालेले अपेक्षा गरेअनुसार मत नपाएपछि चुनाव जित्नेमा ढुक्क छैन। गठबन्धनपछि असन्तुष्ट बनेको कांग्रेसको मत स्वतन्त्रबाट उठेका जगन्नाथ पौडेलको पोल्टामा गएपछि एमालेको निराश बनेको हो। गठबन्धनले भने जगन्नाथ पौडेलेले कांग्रेसको भोट काटेपनि आफूहरूलाई धेरै घाटा नभएको दाबी गर्दै आएको छ। वडामा कांग्रेसले सन्तोषजनक सिट जितेको छ। वडाका हकमा स्वतन्त्र (बागी) उम्मेदवार पौडेलले पनि रुख चिह्नमा उठेका उम्मेदवारलाई नै भोट मागेका कारण कांग्रेसले वडामा राम्रै मत संकलन भएको छ। 

एमालेले आशा गरेको वडा पनि गुमाएको छ। एमालेले अब वडा नम्बर १०, ११ र १२ को वडाबाट अहिलेसम्मको घाटा पूर्ति गर्ने लक्ष्यमा एमाले देखिएको छ। उक्त वडाबाट अहिलेको घाटालाई पुर्ने र अन्य वडामा अग्रता लिने बताएको छ। यता गठबन्धनको पनि उक्त वडामा आफ्नो बचत मतबाट केही कमी हुने भएपनि घाटामा नजाने र पछाडिका वडाले प्लस गर्दै लैजाने दाबी छ।

एमाले उम्मेदवार विजय सुवेदीले आफूहरूले पुनः लिड गर्ने दाबी गरेका छन्। तर यो बेलासम्म रणुको अग्रता ३ हजार भन्दा पनि माथि पुगेकाले त्यसलाई उल्टाउने गरी मत आएन गाह्रो छ। 'मेरो विचारमा वडा नम्बर ११ र १२ मा पुग्दा एमालेको मत बढ्नेछ। त्यसपछि १३ र १४, १५ मा मत घट्छ र १६, १७ र १८ मा फेरि सूर्यको मत बढ्छ। त्यसपछि लगातार आफ्नो पक्षमा आउँछ भन्नेमा विश्वस्त छु,' सुवेदीले दाबी गरे। तर गठबन्धनले व्यापक आर्थिक चलखेल गरेको उनको दाबी छ। 

corrent noodles
Metro Mart

गठबन्धनकी उम्मेदवार रेणु भने 'आफू कमजोर हुन्छु' भन्ने लागेको स्थानमा पनि अग्रता बनाएको भन्दै उत्साहित छन्। एमालेले आफ्नो पक्षमा ल्याउने भनेका वडामा पनि आफू कमजोर नहुने उनको दाबी छ। यसअघिका वडाबाट पनि एमालेका मतदाताले आफूलाई मत दिएकाले त्यस्तै ट्रेन्ड एमाले बलियो भनिएका वडामा पनि हुने उनको तर्क छ। 'वडा नम्बर १०, ११ र १२ मा खतरा छ भन्ने मलाई लाग्दैन। भरतपुरका मतदाताले एकभोट रेनुलाई भनेर मत दिएका छन्। कतिपय वडामा सोचेभन्दा राम्रो भएको छ। वडा नम्बर १०,११ र १२ मा पनि हामी माइनसमा हुँदैनौं,' रेणु भन्छिन्, 'विगतको कामको हिसाबले अझ धेरै मत आउँछ भन्ने अपेक्षा थियो। तर यहाँ सोचेको भन्दा नराम्रो भयो भन्ने अवस्था छैन।'

गणनामा खटिएका प्रतिनिधिहरूले नगर प्रमुखमा एमालेले अब जित्न नसक्ने बताउन थालिसकेका छन्। 'कतिपय मतपत्र यस्ता पनि छन् कि मेयरको एक भोट हँसिया-हथौडामा छ। बाँकी सबै भोट सूर्यमा गएको छ। यस्तो मतपत्र प्रत्यक्ष देखेपछि नगरप्रमुखमा हाम्रो अवस्था कमजोर हुने आकलन भइहाल्यो,' गणनामा खटिएका एक एमाले प्रतिनिधिले भने, 'अब हाम्रो आशा वडातिर मात्र अघि बढेको छ। हालसम्मका वडामा पनि सन्तोषजनक मत आएन। यसले अब बाँकी र हाम्रा लागि राम्रा भनिएका वडामा पनि यसै भन्न सकिने अवस्था छैन। तैपनि आशा गरौँ वडामा हामी जित्छौँ।'

वडा नम्बर ९ र १० को मतगणना चलिरहँदा भरतपुरका मेयरका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादीकी रेणु र एमाले-राप्रपा गठबन्धनबाट एमालेका विजयसँग हामीले संक्षिप्त कुराकानी गरेका छौँ। 

५ वर्षमा ममाथि प्रहार गर्ने ठाउँ नै विपक्षीलाई दिइनँ : रेनु दाहाल
आफ्नो चाहना निर्धारण गर्ने अधिकार पनि नागरिक/मतदाताको हातमा छ। मतदाताले भरतपुरको भविष्यलाई ध्यानमा राखेर विगतको कामको पनि मूल्यांकन गरेर अभिमत जाहेर गर्नुभएको छ। हामीलाई गठबन्धन, क्रस, व्यक्तिगत सबैखालका मतहरु प्राप्त भएका छन्। खासगरी विकासका लागि 'एक भोट रेनु दाहाललाई' भन्ने आम जनमानसमा भाव बुझेर मैले पुनः उम्मेदवारी दिएकी हुँ। अहिले मत पनि त्यस्तै खालको आएका छन्। 

प्रकाशित: May 19, 2022| 15:15 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...