मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चुनावले तरलता सहज बनाउने अपेक्षा विपरीत १९ अर्ब घट्यो निक्षेप

चुनावले तरलता सहज बनाउने अपेक्षा विपरीत १९ अर्ब घट्यो निक्षेप

स्थानीय निकायको चुनाव अवधिमा बैंकहरुमा निक्षेप बढ्ने अपेक्षा गरिएपनि निक्षेप घटेको देखिएको नेपाल बैकर्स संघ (एनबीए) ले जानकारी दिएको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- वैशाख महिनामा बाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ निक्षेप घटेको छ। स्थानीय निकायको चुनाव अवधिमा बैंकहरुमा निक्षेप बढ्ने अपेक्षा गरिएपनि निक्षेप घटेको देखिएको नेपाल बैकर्स संघ (एनबीए) ले जानकारी दिएको छ। 

चैत अन्तिम साता वाणिज्य बैंकमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो। तर वैशाख मसान्तमा सो निक्षेप घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँमा सीमित भएको छ। 

वैशाख ३० गते स्थानीय निकायको चुनाव भएका कारण विभिन्न राजनीतिक दलले गरेको खर्च बैंकमा आउने र त्यसले तरलता सहज हुने अपेक्षा गरिएको थियो। तर एनबीएको तथ्यांकले उक्त अपेक्षा पुष्टि गर्न सहयोग गर्दैन।

बैंकर्स संघका अनुसार वैशाखको पहिलो साता वाणिज्य बैंकमा १२ अर्ब निक्षेप बढेको थियो भने दोस्रो सातामा १० अर्ब र अन्तिम साता ४ अर्ब रुपैयाँ निक्षेप घटेको थियो। 

त्यस्तै गत महिना ६ अर्ब रुपैयाँ बराबरको कर्जा पनि घटेको छ। बैंकर्स संघका अनुसार वैशाखको अन्तिम साता २ अर्ब रुपौयँले कर्जा घटेपनि तेस्रो सातामा ३ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो।

प्रकाशित: May 18, 2022| 19:07 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्