शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुई वर्षपछि काभ्रेमा चण्डेश्वरी जात्राको रौनक

नेवार समुदायले मनाउने यस जात्राको अवसरमा मेला पनि लाग्ने गर्छ। काठमाडौं र बनेपा आसपासका खुद्रा व्यापारीहरु व्यापारका लागि आउने गर्छन्।
 |  बिहीबार, जेठ ५, २०७९
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

बिहीबार, जेठ ५, २०७९

triton college
Metro Mart
vianet
काभ्रे- काभ्रेको सबैभन्दा ठूलो चण्डेश्वरी जात्रा मनाइएको छ। वैशाख शुक्ल पूर्णिमादेखि बनेपाको चण्डेश्वरी मन्दिरमा मनाइने जात्रा कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन। दुई वर्षपछि काभ्रेबासीले चण्डेश्वरी जात्रा हर्ष उल्लासका साथ मनाएका छन्।

नेवार समुदायले मनाउने यस जात्राको अवसरमा मेला पनि लाग्ने गर्छ। काठमाडौं र बनेपा आसपासका खुद्रा व्यापारीहरु व्यापारका लागि आउने गर्छन्। यस वर्ष मेला घुम्न आउने मानिस र जात्रा हेर्ने भक्तजनको घुइँचो लागेको थियो। बनेपाको तिनधारादेखि चण्डेश्वरी मन्दिरसम्मको बाटो खुद्रा पसल र मानिसहरुको भीडले भरिएको थियो।

'चण्डीपूर्णिमाको दिन पानी परेकाले सोचे जस्तो यस पटकको जात्रामा व्यापार हुन सकेन,’ मेलामा व्यापार गर्न बसेकी निर्मला कार्कीले बताइन्। कोटेश्वरमा हातले बनाएका ब्याग बेच्ने उनी काठमाडौं नजिक मेला लागेको ठाउँमा व्यापार गर्न पनि पुग्छिन्। विगतको तुलनामा मेलामा आउने मानिस र व्यापारीको संख्यामा घटेको उनले सुनाइन्।

चण्डीपूर्णिमाको दिनदेखि तीन दिनसम्म चण्डेश्वरी जात्रा मनाइन्छ। चण्डेश्वरीमा पहिलो दिन बिहानै १२ वटा बोकाको बली दिने चलन रहेको सुखबेटी मानन्धरले बताइन्। बली दिएपछि चिराँख (बत्ती) बालेर मःता (माता) पूजा गरिन्छ।

बोकाको टाउको गुठीका मानिसले तानातान गर्छन्। जसले जित्छ त्यो उसैले पाउँछ। खटमा बसेर सुपारी, चकलेट भिड भएतिर वरिपरि मिल्काउँछन्, र खट बोकेर मन्दिरसम्म पुर्‍याइन्छ।

तीनधारामा तयार पारेर खटलाई चण्डीपूर्णिमाको राति चण्डेश्वरी मन्दिरसम्म पुर्‍याइन्छ। खट लैजाने बेलामा तीनधारामा एउटा बोका वा भेडा र एउटा कुखुराको बलि दिइन्छ।

बोकाको टाउको गुठीका मानिसले तानातान गर्छन्। जसले जित्छ त्यो उसैले पाउँछ। खटमा बसेर सुपारी, चकलेट भिड भएतिर वरिपरि मिल्काउँछन्, र खट बोकेर मन्दिरसम्म पुर्‍याइन्छ।

भोलिपल्ट चण्डेश्वरी मन्दिर नजिकैको द्योछे (भगवानको घर)बाट देवता राखेर खटलाई  लायकु (दरवार)सम्म पुर्‍याइन्छ। लायकूतर्फ लैजाँदै गर्दा वाकुटोलमा भोछिभोयाका कन्याहरुले खटमा ल्याएको देवीको कपडाले ढाकिदिएको मुख उघारेर लस:कुस (स्वागत( गर्छन्।   

बनेपा घुमाउँदै लायकूमा खट पुर्‍याएर पूजाआजा गरेपछि हाँसको बलि दिइन्छ। पुनः मन्दिरतर्फ रथ बोकेर फर्कीएपछि अघिल्लो राति बली दिएको बोका वा भेडाको मासुका टुक्राहरु घरका छतबाट भिड भएतिर छरेर (करन दान) बाँडिन्छ र द्योछेः मै देवतालाई लगेर राखिन्छ।

द्योछेः मा जात्राको समयमा मात्रै भक्तजन जान पाउने परम्परा रहेको छ। अरु बेलामा यसको ढोका बन्द हुन्छ। जात्राको तेस्रो दिनदेखि द्योछेःमा भक्तजनलाई जान दिइन्छ र तिन दिनपछि एक वर्षको लागि त्यो ढोका बन्द हुन्छ।  

जात्रा सुरु हुनुभन्दा चार दिन अगाडि गहना जाँच्ने चलन रहेको छ। प्राचीन समयदेखिका भगवानको गहनाको अवस्था कस्तो छ, केही हरायो की छैन भनेर जाँचिन्छ। जात्रा सक्किएको चार दिनपछि पनि जाँच गरिन्छ र पुजारीलाई बाँकी समयमा रेखदेखको जिम्मा दिइएको हुन्छ।

जात्राको समयमा विभिन्न गुठीहरूले नेवारी बाजा बजाएर रमाइलो गर्छन्। रथको अघिअघि बाजा बजाउँदै, भजन गाउँदै र नाच्दै हिँडेका हुन्छन्। बाजा बजाउनेहरू प्रायः सबै युवा वर्गका हुन्छन्। पहिले केटाहरूले मात्र बाजा बजाउँथे तर अहिले बाजा बजाउने केटीहरू पनि धेरै छन्।

बनेपाको हरेक नेवारी टोलमा गुठीहरूको भजन खलः हुने गरेको ज्ञानकाजी मानन्धरले बताए। ‘हरेक साँझ भजन खलःमा बाजा सिकाएर साना केटाकेटीलाई नेवारका मौलिक बाजागाजा सिक्न पोख्त बनाइन्छ।’ उनी नयाँ पुस्तालाई परम्परागत कलाको पहिचान गराएर संस्कृति बचाउन सकिने बताउँछन्। धिमे, खिँ, मुछ्या, कुह पुङगा, ढोलक, न्याखिं, कोखिं आदी नेवारका मौलिक बाजा हुन्।
 


मानन्धरले चण्डेश्वरी र बुद्ध सम्बन्धी नाटक बनाएर प्रदर्शन पनि गरेका छन्। उनले नाटकमा नाच्ने गर्थे। उनको बुबाले टोलमा बाजा बजाउन सिकाउँथे। तर उनले सानै उमेरदेखि जात्राको नेवारी बाजामा नाच्ने गर्थे। उनले चण्डेश्वरी मन्दिरको बारेमका नेवारी भाषामा कुमारी नामको पुस्तक पनि लेखेका छन्। संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई बनेपावासीले चण्डेश्वरी जात्राको विज्ञ मान्छन्।

चण्डेश्वरीको जात्राको पौराणिक कथा

सत्य युगमा दैत्यराज चण्डासुरले तपस्या गर्‍यो। वरदानमा पुरुष शक्तिले उसलाई जित्न नसक्ने भयो र लामो तपस्यापछि वरदान पाएर शक्तिशाली बनेपछि चण्डासुर दैत्यले स्वर्ग, मृत्युलोक र पातल तीनै लोकको राज्य चलायो। चण्डासुर आफू शक्तिशाली भएपछि देवताहरूलाई खोजीखोजी मार्न थाल्यो। दैत्यराजले दुःख दिन थालेपछि देवताहरूले पन्छीको रूपको धारणा गरे। पन्छीको रूपमा आकाशमा रहेर देवताहरूले आफ्नो ज्यान जोगाए।

चण्डासुरको अहङ्कारको सीमा नाघिसकेको थियो। ऊ सबै देवताहरुको विनाश गर्न चाहन्थ्यो। देवताहरूको खोजी गर्दै ऊ भौतारिरहेको थियो। आफ्नो एक दूतलाई देवताहरू कहाँ गए भनेर सोध्यो। जवाफमा उसले यहाँ देवताहरू लुकेका छन् भन्दै एउटा वृक्ष देखायो।
 


रिसले चूर भएको चण्डासुरले आफ्नो खड्गले उक्त वृक्ष ढाल्नलाई समय धेरै लगाएन। त्यही वृक्षका फेदबाट चण्डेश्वरी देवी उत्पत्ति भइन्। देवी र दैत्यबीच लामो समयसम्म ठूलो युद्ध चल्यो। देवी चण्डेश्वरीले अन्त्यमा भालाले शीर छेदन गरेर दैत्यराजको अन्त्य गरिन्। युद्धमा दैत्यहरू पराजित भए र भागेर पाताल लोक गए।

जित भएपछि देवताहरूले चण्डेश्वरीको जयजकार गर्दै आकाशबाट पुष्पवृष्टि गरे। गन्धर्वहरू खुसीले गीत गाए, किन्नरहरु नाचे। विमानमा राखेर चण्डेश्वरी देवीलाई विभिन्न ठाउँको परिक्रमा गराएर जात्रा गरेको पौराणिक कथामा पाइन्छ। दैत्यमाथि देवताहरूको जितको खुसियालीको सम्झनामा हरेक वर्ष चण्डीपूर्णिमाको अवसरमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ। 
प्रकाशित: May 19, 2022| 12:32 बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।