सोमबार, वैशाख २४, २०८१

भरतपुर : कांग्रेसको असन्तुष्ट मत पाउने एमालेको आशामा तुषारापात

२०७४ को निर्वाचनमा भरतपुरको मतपरिणाम हेर्ने हो यतिबेलासम्म नेकपा एमाले वडा र मेयर दुवैमा अगाडि देखिएको थियो। उसले वडा नम्बर २, ४ र ५ मा वडाध्यक्ष जितेको थियो। वडा नम्बर ५ सम्म गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले १ हजार ६६९ मतले रेनु दाहाललाई पछि पारेका थिए।
 |  बुधबार, जेठ ४, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, जेठ ४, २०७९

भरतपुर– मुलुकमा संघीयता लागू भएपछि पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका चर्चाको केन्द्रमा रह्यो। पाँच वर्षपछि भर्खरै सम्पन्न दोस्रो निर्वाचनमा पनि भरतपुर उत्तिकै चर्चामा छ। कारण– त्यहाँ बनेको गठबन्धन।

triton college

अघिल्लो निर्वाचनमा माओवादी–कांग्रेस गठबन्धनबाट माओवादीकी रेनु दाहाल निर्वाचित भइन्। उनलाई नेकपा एमालेका देवी ज्ञवालीले आच्छुआच्छु पारेका थिए। मतगणना अन्तिम चरणमा पुग्दा तत्कालिन माओवादी कार्यकर्ताले मतपत्र च्यातिदिएपछि भरतपुरको चुनाव नै रद्द भयो। त्यसपछि पुनः भएको चुनावमा रेनुले बाजी मारिन्।

अहिले पनि भरतपुरमा कांग्रेस–माओवादी गठबन्धन छ। साथमा नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पनि छन्। सत्ता गठबन्धनविरुद्ध एमाले र राप्रपाको गठबन्धन छ। अर्को चाखलाग्दो कुरा, नेपाली कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

अघिल्लो निर्वाचनमा माओवादी–कांग्रेस गठबन्धनबाट माओवादीकी रेनु दाहाल निर्वाचित भइन्। उनलाई नेकपा एमालेका देवी ज्ञवालीले आच्छुआच्छु पारेका थिए।

मेयरका लागि गठबन्धनकी उम्मेदवार दाहाल र एमालेका विजय सुवेदीबीच मुख्य प्रतिस्पर्धा छ। दुईजनाले पालैपालो अग्रता बनाइरहेका छन्। पौडेलले तेस्रो स्थानमा रहेर पछ्याइरहेका छन्। अहिले वडा नम्बर ६ सकिएर वडा नम्बर ७ मतगणना भइरहेको छ। वडा नम्बर १, २, ४, ५ र ६ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् भने वडा नम्बर ३ मा नेकपा एमालेले जितेको छ। 

भरतपुर महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ निर्वाचित भएका छन्। वडामा खसेको ५ हजार ५८२ मत अन्तिम गणना गर्दा श्रेष्ठले २ हजार ७३५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डोलनारायण अधिकारी २ हजार ११७ मत ल्याएका छन्। 

corrent noodles
Metro Mart

अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ को मतगणना चलिरहेको छ। वडा नं ७ एमालेले आशा गरेको वडा हो। वडा नम्बर ५ को सकिँदा जम्मा ३७३ मतको अन्तर रहेकोमा वडा नम्बर ६ मा धेरै मतान्तर भयो। ६ नम्बरको सकिँदासम्म रेनुले १० हजार ४४९ मत ल्याउँदै विजय सुवेदीलाई १ हजार ७१२ मतले पछाडि पारेकी थिइन्। वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले राम्रै मत ल्याइरहेका छन्।  

वडानम्बर ६ सम्मको २८ हजार ४३८ मतगणनागर्दा नेकपा माओवादीकी उम्मेदवार, रेनु दाहालले १ हजार ७१२ को मतान्तर बनाउँदै अग्रता लिएकी छन्। उनले ९ हजार ९७० मत पाएकी छन् भने एमालेका विजय सुवेदी ८ हजार २५८ मत पाएका छन्। त्यस्तै स्वतन्त्रका जगन्नाथ पौडेल ४ हजार  ५०४ मत रहेको छ। एमालेलाई आशा थियो कांग्रेसबाट असन्तुष्ट पक्षले एमालेलाई भोट दिन्छ भन्ने तर एमालेको आशा अनुसार मतपरिणाम नआएको स्वयम् एमालेले बताएको छ। 

मतगणनामा रहेका एमालेका एक जना प्रतिनिधि भन्छन्, 'वडा नम्बर ७ सातमा एमालेले आश गरेको थियो। तर अहिलेसम्म स्थिति हेर्दा मेयरमा हँसिया हथौडा र भुँइकटहरलाई बढी मत देखिन्छ।' 

२०७४ को निर्वाचनमा भरतपुरको मतपरिणाम हेर्ने हो यतिबेलासम्म नेकपा एमाले वडा र मेयर दुवैमा अगाडि देखिएको थियो। उसले वडा नम्बर २, ४ र ५ मा वडाध्यक्ष जितेको थियो। वडा नम्बर ५ सम्म गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले १ हजार ६६९ मतले रेनु दाहाललाई पछि पारेका थिए। तर हालको नतिजा हेर्दा रेनु दाहालले एमालेका विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छिन्। रेनुको पक्षमा यसपटक मतान्तर सुधारिएको छ। कांग्रेसका बागी उम्मेदवार पौडेलको पक्षमा मत बढे पनि रेनुले पनि विजय सुवेदीसँग मतान्तर बढाउँदै लगेपछि गठबन्धन उत्साहित छ। 

त्यसबेला वडा नम्बर १ मा देवी ज्ञवाली भन्दा रेनु दाहाल ३७८ मतले पछाडि थिइन। २०७४ मा पनि नेपाली कांग्रेसले माओवादीलाई भरतपुरमा समर्थन गरेको थियो। त्यतिबेला १ हजार १३५ मत पाएकी रेनुले हाल १ हजार २८८ मत प्राप्त गरिन्। 

भरतपुर महानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन्। वडा १ मा  रेनु र विजय सुवेदीलाई आफ्नो वडामा वडाध्यक्षले ल्याएको भन्दा कम मत आएको छ। स्वतन्त्र रुपमा उठेका जगन्नाथ पौडेलले उक्त वडामा १३ प्रतिशत मत पाएका छन्। 

२०७४ को निर्वाचनमा भरतपुरको मतपरिणाम हेर्ने हो यतिबेलासम्म नेकपा एमाले वडा र मेयर दुवैमा अगाडि देखिएको थियो। उसले वडा नम्बर २, ४ र ५ मा वडाध्यक्ष जितेको थियो। वडा नम्बर ५ सम्म गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले १ हजार ६६९ मतले रेनु दाहाललाई पछि पारेका थिए।

त्यस्तै गत निर्वाचनमा वडा नम्बर २ मा फराकिलो मतान्तर बनाएको एमालेले यसपटक हार बेहोरेको छ। २०७४ मा १ हजार ३१ मतले पछाडि देखिएकी रेनु यसपटक ३ मतले अगाडि देखिइन्। वडा नम्बर दुई एमालेले आश गरेको वडा थियो। तर एमालेलाई वडा नम्बर दुईले कुनै उत्साह दिएन।

वडा नम्बर तीनमा भने एमालेले वडाध्यक्षमा जित हासिल गर्यो भने मेयरमा विजयले पनि रेनुलाई ५० मतले पछि पारे। कांग्रेसले आफ्नो राम्रोे वडा मान्दै आएको वडामा मत गुमायो। यस वडा एमालेका लागि केही सुखद् देखियो। कांग्रेसले आफ्नो आधार क्षेत्र गुमाउनुमा कांग्रेसकै कमजोरी देखिएको स्थानीय नेता बताउँछन्। वडाको टिकट मिलाउन बसेका क्षेत्रीय सभापति भरत लामिछानेको कार्यशैलीकै कारण असन्तुष्ट बनेका कार्यकर्ताले मेयर र उपमेयरमा गठबन्धनलाई मत दिएपछि वडाध्यक्ष नै हराइदिएको पार्टीको जिल्ला समितिले पनि स्वीकारेको छ। 

वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरे पनि लामिछानेले वडाध्यक्षको टिकट आफैंले राख्नु नै सबैभन्दा ठूलो घात भएको कांग्रेसले महसुस गरेको छ, जसले गर्दा नेकपा एमालेका विकास थापासँग ६१७ मतको अन्तरले हार बेहोरेका छन्। थापाले १६६६ मत ल्याउँदा कांग्रेसका लामिछानेले जम्मा १०४९ मत मात्र प्राप्त गरे। वडा १ र दुईमा गठबन्धनले जित्दै आएकोमा पार्टीको किचलोका कारण कांग्रेसले हार बेहोर्यो, जसले गर्दा एमालेलाई भरपुर फाइदा पुग्यो। यस वडामा जगन्नाथ पौडेलेले पनि मत बढाए। उनले यस वडामा ६४८ मत पाए। 

अर्कोतर्फ वडा नम्बर ४ एमालेका लागि त्यति फलदायी भएन। अघिल्लो निर्वाचनमा निकै कम मतले वडाध्यक्ष जितेको एमालेले मेयरका लागि भने ६५ मत कम पाएको थियो। तर यसपटकको निर्वाचनमा भने मेयर पदमा ८० मतले गठबन्धन अगाडि देखियो। यो वडासम्म आइपुग्दा मेयरमा रेनु दाहालले अघिल्ला वडाहरुमा ११ प्रतिशतसम्म मत पाएका जगन्नाथ पौडेलले यस वडामा २० प्रतिशत मत पाए भने एमाले–राप्रपाले २९ र गठबन्धनले ३० प्रतिशत मत पाएका छन्। 

वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरे पनि लामिछानेले वडाध्यक्षको टिकट आफैंले राख्नु नै सबैभन्दा ठूलो घात भएको कांग्रेसले महसुस गरेको छ, जसले गर्दा नेकपा एमालेका विकास थापासँग ६१७ मतको अन्तरले हार बेहोरेका छन्। 

नेपाली कांग्रेसबाट असन्तुष्टिपछि स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले जितको सम्भावना नरहे पनि भरतपुरको ५ वटा वडाको मत गणना हुँदै गर्दा उनले आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै लगेका छन्। मत गणनाको शुरुवाती चरणदेखि नै तेस्रो स्थान जमाएका उनी माथि उक्लन नसके पनि तल झरेका छैनन्।

जगन्नाथको यो मतले गठबन्धनलाई त असर गरेको छ नै अझ बढी असर एमालेलाई परेको एमालेकै भनाइ छ। जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसको ठूलो मत काटिने र त्यसको प्रभाव एमालेलाई पर्ने एमालेको आंकलन भए पनि त्यसको ठूलो असर गठबन्धनलाई परेन। तर एमालेलाई धक्का लाग्यो। एमालेका उम्मेदवार विजय सुवेदीले वडा नम्बर ४ मा आफूलाई कांग्रेसको असन्तुष्ट पक्षको मत आउनेमा ढुक्क भएको बताएका थिए तर सोचेजस्तो भएन। यसपछि एमालेलाई रेनुसँगको कांग्रेसको असन्तुष्ट मत पाउने अपेक्षा बन्द भएको छ। 

त्यस्तै वडा नम्बर ५ मा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले नै जित हासिल गरेको छ। गत निर्वाचनमा ५६ मतले मेयरमा बढी मत ल्याएको एमालेले यसपटक भने ३७३ मत कम पाएको छ। यस वडासम्म आइपुग्दा रेनुले ७ हजार ४७१ मत पाएकी छन् भने विजयले ७ हजरा ९८ मत पाएका छन्। त्यस्तै जगन्नाथ पौडेलले ३ हजार ६०३ मत पाएका छन्। 

अघिल्लो निर्वाचनलाई हेर्ने हो भने वडा नम्बर ५ सम्म आइपुग्दा पनि नेकपा एमालेले अग्रता लिएको थियो। तर यसपटकको निर्वाचनमा वडा ५ को मत गनिसक्दा ३७३ मतले पछाडि पारेको छ। यतिबेला वडा नम्बर ६ को मतगणना भइरहेको छ। अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने वडा नम्बर ६, ७ र ८ मा अझै गठबन्धनले मतान्तर बढाउने देखिन्छ। अघिल्लो निर्वाचनमा यी तीन वडाबाट मात्रै रेनुले १ हजार ४६६ मतले एमालेलाई पछाडि पारेकी थिइन्। 

अघिल्लो निर्वाचनलाई हेर्ने हो भने वडा नम्बर ५ सम्म आइपुग्दा पनि नेकपा एमालेले अग्रता लिएको थियो। तर यसपटकको निर्वाचनमा वडा ५ को मत गनिसक्दा ३७३ मतले पछाडि पारेको छ।

एमालेका उम्मेदवार विजय सुवेदीले अब वडा नम्बर १०, ११ र १२ मा ले यो नतिजा उल्टाउने बताएका छन्। त्यसपछि १३ र १४ मा फेरि केही कम मत पाउने र १७, १८ बाट माथि उक्लिने दाबी गरेका छन्।  

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने पनि नेकपा विभाजन भएर ५ प्रतिशत बाहिरिएको र अन्य दलबाट ३० प्रतिशत भित्रिएकाले एमाले फुटले असर नगर्ने बताउँछन्। अघिल्लो निर्वाचनमा भरतपुरका २९ वडामध्ये एमाले १४ वटामा विजयी भएको थियो। कांग्रेस १२ र माओवादी केन्द्र ३ वटा वडामा विजयी भएका थिए। माओवादीले जितेका तीनमध्ये एउटामा एमालेको समर्थन थियो। अहिले चितवनमा एमाले राप्रपासँग मिलेको छ। अहिले कांग्रेसभित्र देखिएको विवादका कारण चितवनमा सत्ता गठबन्धनलाई चुनौती थपिएको भने पनि ६ वटा वडाको मत गणना गर्दासम्म गठबन्धनलाई त्यति ठूलो धक्का लागेको देखिएको छैन। 

प्रकाशित: May 18, 2022| 13:45 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...