शुक्रबार, मंसिर १२, २०८२

स्याङ्जाको वालिङमा मेयर एमाले उपमेयर कांग्रेस निर्वाचित

स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं– स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन्।

National life

एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा दिलीपप्रताप खाँणले ११ हजार ५९६ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी छन् । तिवारीले १२ हजार ८२२ मत ल्याउँदा उनकी प्रतिस्पर्धी थापाले १२ हजार ३४० मत पाइन् । पराजित थापा २०७४ को चुनावमा पनि यही पदमा उम्मेदवार थिइन् ।

१४ वडामध्ये नेकपा एमालेले ३, ४, ६, ७, ८, ९, १२, १३ गरी ८ वडामा विजयी भएको छ भने नेपाली कांग्रेस १, २, ५, १०, ११, १४ वडामा विजयी भयो । निर्वाचनकै दिन यहाँ जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: May 18, 2022| 11:58 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।