सोमबार, वैशाख ८, २०८२

२५ वर्षपछि कांग्रेसले जित्यो डोटीको दिपायल सिलगढीमा

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार बाजीसिंह खड्का र उपप्रमुखमा कलावती महर निर्वाचित भएका छन्।
 |  मंगलबार, जेठ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार बाजीसिंह खड्का र उपप्रमुखमा कलावती महर निर्वाचित भएका छन्। विगत २५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो।

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गरे भने उनहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गरे।  नगर प्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका खगेन्द्रबहादुर साउदले एक हजार ९८३ मत प्राप्त गरे। राप्रपाबाट नगर प्रमुखकै उम्मेदवार रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरे।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बनेकी कलावती महरले चार हजार ७६८ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीका ऐश्वर्या भण्डारीले ५७८ मत प्राप्त गरिन्।

प्रकाशित: May 17, 2022| 23:15 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।