शुक्रबार, कात्तिक २८, २०८२

धुलिखेलको मतगणना रोकियो

धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ। उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर गर्ने भन्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ। उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर गर्ने भन्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

मतगणना सुरु हुनुअघि दलहरुसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पदमा दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने निर्णय भएको थियो। सोही अनुरुप वडा नम्बर ८ सम्मको मतगणना भइसकेको छ।

यसअघि प्रमुख पदमा उम्मेदवार नभएको रुख र अन्य कुनै चिह्नमा संकेत भएको पाइए सो मत सदर गरिँदै आएको थियो। वडा नम्बर ९ को मतगणना सुरु गर्ने तयारी गरेपछि भने एमालेले सो नियम मान्न नसकिने भन्दै अर्को नियम बनाएर गणना गर्नुपर्ने अडान राखेको छ। कांग्रेस, स्वतन्त्र लगायतका उम्मेदवारले भने एउटै नियम अनुसार बाँकी मत गणना हुनुपर्ने बताएका छन्।

विवाद भएपछि दलका जिल्लास्थित प्रमुख, उम्मेदवारसहितको बैठक बसिरहेको छ। बैठकले मापदण्ड बनाएपछि गणना सुरु हुने बताइएको छ।

प्रकाशित: May 17, 2022| 23:05 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।