सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्वाचन अधिकृत फेरिएपछि झापाको शिवसताक्षीमा दुई दिनदेखि रोकिएको मतगणना सुरु

Siddartha premir insuranceSiddartha premir insurance

निर्वाचन अधिकृत फेरिएपछि झापाको शिवसताक्षीमा दुई दिनदेखि रोकिएको मतगणना सुरु

झापाको शिवसताक्षी नगरपालिकामा दुई दिनदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– झापाको शिवसताक्षी नगरपालिकामा दुई दिनदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ। वडा नम्बर–१ को मतगणना गर्दा ५४ वटा मतपत्र हराएको भन्दै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार दुर्गा नेम्वाङले आपत्ति जनाएपछि त्यहाँ मतगणना रोकिएको थियो।

triton college

दलहरुले पुनः मतगणनाको मागलाई निर्वाचन आयोगमा पत्राचार गर्ने सहमति भएपछि त्यहाँ दिउँसो २ बजेबाट मतगणना सुरु भएको स्थानीय पत्रकार विनोद सापकोटाले जानकारी दिए। अहिले त्यहाँ मतदातालाई देखाएरै मतगणना भइरहेको छ। 

त्यस्तै तत्कालिन निर्वाचन अधिकृत ऋषि पौडेलको लापरबाहीका कारण विवाद निम्तिएको आरोप लागेपछि त्यहाँ अहिले निर्वाचन अधिकृत पनि फेरिएका छन्। उनको ठाउँमा नयाँ अधिकृत मधु पोखरेल गणनाका लागि आएका छन्। 

खसेको मत र गणना भएको मतमा फरक आएपछि आइतबार रातिबाटै झापाको शिवसताक्षीमा मतगणना रोकिएको थियो।  त्यहाँ माओवादी कार्यकर्ताले नारावाजी समेत गरेका थिए। त्यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ। विजयी भइसकेपछि मात्रै मतपत्र हराएको खबर बाहिरिएको थियो। 

विवादित भएको उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ। तर, मतगणनाका बेला भने तीन हजार २८ मतपत्र मात्र भेटिएको थियो।

Metro Mart
vianet

प्रकाशित: May 17, 2022| 18:32 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।