बिहीबार, वैशाख २०, २०८१

स्वतन्त्र र बागी उम्मेदवार उदयको राजनीतिक अर्थ

देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवारले ठूला दलहरुलाई नै आच्छुआच्छु पार्लान् भन्ने अनुमान कमैले गरेका थिए
 |  मंगलबार, जेठ ३, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सबैभन्दा बढी चर्चा कसैको छ भने बालेन शाहको छ। राजनीतिक दलहरुलाई चुनाव लाग्नुभन्दा निकै अगाडि काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बालेन मिडियामा निरन्तर छाइरहे। सामाजिक सञ्जालमामा पनि उनले उत्तिकै साथ–समर्थन पाए।  

triton college

मतदान सकिएर मतगणना सुरु भएपछि उनको चर्चा झन् बढ्यो। कारण– उनले सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) की साझा उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई सुरुमै पछाडि पारिदिए। गणनाको चौथो दिन मंगलबार साँझसम्म पनि उनको अग्रता कायमै छ र मतान्तर फराकिलो बन्दै गएको छ। काठमाडौंको मेयरमा उम्मेदवार भए पनि उनको चर्चा र चासो देशभर छ। 

देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवारले ठूला दलहरुलाई नै आच्छुआच्छु पार्लान् भन्ने अनुमान कमैले गरेका थिए। 

वैशाख १२ गते काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएपछि केशव स्थापितले ‘गेम इज ओभर’ भन्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए। उनले अन्य उम्मेदवारलाई प्रतिस्पर्धी नै ठानेका थिएनन्। त्यसपछि पनि उनले बालेनमाथि निरन्तर प्रहार गरिरहे। घरदैलो अभियानका क्रममा बाटोमा भेट हुँदा पनि उनले बालेनमाथि ‘राम्रो इन्जिनियर बन्नु’ भनेर व्यंग्य गरेका थिए।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले भने अन्य उम्मेदवारमाथि क्षुद्र टिप्पणी गरिन्। तर, स्वतन्त्र उम्मेदवार बालेन आफ्नो चुनौती बनेर खडा होलान् भनेर उनले चिताएकी थिइनन्। आफ्नो मुख्य प्रतिस्पर्धा स्थापितसँगै उनको आकलन थियो। सत्ता गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्दा पनि एमालेविरुद्ध खनिएका नेताहरुले बालेनको बारेमा त्यति टीकाटिप्पणी गरेनन्। किनकी उनीहरुलाई लागेको थियो– बालेनजस्ता स्वतन्त्र उम्मेदवार होइन, एमालेका केशव स्थापित गठबन्धनको उम्मेदवारका मुख्य प्रतिस्पर्धी हुन्। 

corrent noodles
Metro Mart
देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवारले ठूला दलहरुलाई नै आच्छुआच्छु पार्लान् भन्ने अनुमान कमैले गरेका थिए। 

काठमाडौं महानगरका मतदाताले अनुमान र अपेक्षाविपरीत मत खसालेका छन्। त्यसो त काठमाडौंले बेलाबेला यस्तो ‘चमत्कार’ गरिरहन्छ। २०३८ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतको प्रमुखमा स्वतन्त्र उम्मेदवार नानीमैयाँ दाहाललाई जिताएर पञ्चायती व्यवस्थालाई राम्रै झड्का दिएका थिए यहाँका मतदाताले। गैरराजनीतिक पृष्ठभूमिकी नानीमैयाँलाई त्यसबेला पञ्चायतलाई सबक सिकाउन चुनावमा उठाइएको एक ‘उटपट्याङ’ पात्रको रुपमा समेत चित्रण गरिन्छ। जतिबेला राजनीतिमा महिलाको उपस्थिति नगण्य थियो।

त्यस्तो समयमा नानीमैयाँले लोकप्रिय मत पाउनु अनौठो नै थियो। उनलाई जिताउनुमा तत्कालीन मालेको भूमिका रहेको कतिपय नेताहरुले बताउने गरेका छन्। त्यसबेला जनमत संग्रहमा जस्तै मालेले राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिष्कारको नीति लिएपछि पञ्चायतलाई गिज्याउन उटपट्याङ पात्रको खोजी गर्ने रणनीति बनायो। अहिलेका मेयरका प्रत्यासी केशव स्थापित लगायत नेताहरु नै पृष्ठभूमिमा रहेर यो योजना सफल पार्न लागिपरे। पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्दा त्यसबेला गोल्छे सार्कीले नानीमैयाँ दाहाल फेला पारेका थिए। यसरी काठमाडौं नगर पञ्चायतमा नानीमैयाँले लोकप्रिय मत पाइन्। काठमाडौंले पञ्चायतप्रतिको असन्तोष नानीमैयाँ दाहालमार्फत पोखेको थियो।

पछि अर्को चुनावमा स्वतन्त्र उम्मेदवार गोल्छे सार्कीलाई पनि काठमाडौंले राम्रै मत दियो। यद्यपि, उनी पराजित भए। ०७४ को स्थानीय चुनावमा पनि आफूलाई वैकल्पिक शक्ति दाबी गरेको विवेकशील र साझा पार्टीका उम्मेदवारले राम्रै चर्चा कमाए र भोट पनि पाए। विवेकशीलकी रञ्जु दर्शनाले झण्डै २३ हजार मत ल्याएकी थिइन् भने साझाका किशोर थापाले १८ हजार मत हात पारेका थिए।

त्यसो त काठमाडौंले बेलाबेला यस्तो ‘चमत्कार’ गरिरहन्छ। २०३८ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतको प्रमुखमा स्वतन्त्र उम्मेदवार नानीमैयाँ दाहाललाई जिताएर पञ्चायती व्यवस्थालाई राम्रै झड्का दिएका थिए यहाँका मतदाताले।

अहिलेको चुनावमा ठूला राजनीतिक दललाई बालेन शाहले आच्छुआच्छु बनाइरहेका छन्। काठमाडौंमात्र होइन, देशका अन्य केही ठूला पालिकामा पनि स्वतन्त्र उम्मेदवारले उत्साहजनक मत ल्याइरहेका छन्। यस्ता उम्मेदवारमा स्वतन्त्रसँगै विभिन्न दलबाट विद्रोह गरेका बागी उम्मेदवार पनि छन्। धनगढी, जनकपुर र धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले राम्रो मत पाइरहेका छन्। भरतपुर महानगरपालिकामा पनि बागी उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् मेयरका लागि।

भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा विजयी भएका बागी उम्मेदवार दौलथ कुलुङ।
जनकपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह झण्डै दोब्बर मतले अगाडि छन् अरुभन्दा। उनका पछिपछि छन्, एमालेका उम्मेदवार शिवशंकर साह। त्यसो त बागी उम्मेदवारलाई फाप्ने गरेको छ जनकपुर। ०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ सालमा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो।

प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो चुनावमा जनकपुरमा स्वतन्त्र मेयर उम्मेदवार वृशेषचन्द्र लालले जित हात पारेका थिए। उनले त्यसबेला नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। कांग्रेसले दिगम्बर रायलाई टिकट दिएपछि उनी स्वतन्त्र रुपमा निर्वाचनमा होमिए र जित हात पारे। अहिले पनि कांग्रेसले पार्टीभित्र व्यवस्थापन गर्न नसक्दा बागी उम्मेदवार मनोज साहले उम्मेदवारी दिएका हुन्। उनको मतान्तर हेर्दा जित्न सक्ने सम्भावना देखिन्छ।

उता, धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन्। यसअघि विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजकको रुपमा काम गरेका हमाल ०७४ को स्थानीय चुनावमा सोही पार्टीबाट धनगढीको मेयरमा लडेका थिए। अहिले भने उनी पार्टी त्यागेर स्वतन्त्र उठेका छन्। जनताले स्वतन्त्र रुपमै चुनाव लड्न सुझाव दिएकाले पार्टी छोडेर चुनावी मैदानमा उत्रिएको उनी बताउँछन्।

जनकपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह झण्डै दोब्बर मतले अगाडि छन् अरुभन्दा। उनका पछिपछि छन्, एमालेका उम्मेदवार शिवशंकर साह।

अघिल्लो निर्वाचनमा हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए। अहिले पनि मेयरका लागि यिनै दुईबीच मुख्य प्रतिस्पर्धा छ। अहिलेसम्मको गणनामा हमालले नृपलाई झण्डै दोब्बर मतले पछाडि पारिसकेका छन्। 

त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले राम्रो मत पाइरहेका छन्। नेपाली कांग्रेसका किशोर राईले अग्रता लिए पनि तेस्रो स्थानमा रहेर हर्कराज अगाडि बढ्ने कोसिस गरिरहेका छन्। 

उता, नेपाली कांग्रेसबाट विद्रोह गरेर भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल पनि तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्। त्यहाँ सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ। 

स्वतन्त्र उठेका उम्मेदवारले दलका उम्मेदवारलाई टक्कर दिनुको राजनीतिक अर्थ महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन्। ठूला सपना देखाउने भन्दा स्थानीय आवश्यकता र समस्या सम्बोधनको एजेन्डा लिएर मत माग्ने उम्मेदवारलाई मतदाताले रुचाएको अहिलेको निर्वाचनले देखाएको छ। उदाहरणका लागि धरानमा स्वतन्त्र उठेका हर्कराजले त्यहाँको खानेपानी समस्यालाई आफ्नो एजेन्डा बनाएका थिए। 

स्वतन्त्र उम्मेदवार उदयको अर्थ

अघिल्लो स्थानीय निर्वाचनमा देशभर २३३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। ६ पालिकामा प्रमुख, ५ मा उपप्रमुख, ९१ जना वडाध्यक्ष र १३१ वडा सदस्य स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।

दलिय व्यवस्थामा दलभन्दा बाहिरबाट उम्मेदवारी र जनताको अनुमोदन बढ्नु लोकतन्त्रका लागि कत्तिको लाभदायी हुन्छ त? यस्ता उम्मेदवारलाई जनताले पत्याउनुको अर्थ के होला? राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘पार्टीले अलोकप्रिय उम्मेदवार उठाउँदा जनता र कार्यकर्ताले विद्रोह गरेको देखिन्छ। राजनीतिक दलहरुले भिजन भएको भन्दा पनि आफू निकट नातेदार र पैसाको आधारमा टिकट वितरण गरे। त्यसमा विद्रोह गरेर उनीहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिए। र, जनताले त्यो विद्रोहलाई अनुमोदन गरेका हुन्।’ 


राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले
वाग्लेका अनुसार राजनीतिक भन्दा गैरराजनीतिक र व्यावसायिक मान्छेले लोकप्रिय मत पाउनुले राजनीतिक दलप्रतिको असन्तुष्टि मतदातामा रहेको देखाउँछ। खासगरी काठमाडौं र धनगढीमा त्यस्ता व्यक्तिले बढी मत पाइरहेका छन्। धरानमा पनि स्थानीय एजेण्डालाई प्राथमिकतामा राखेकै उम्मेदवारले राम्रो मत पाइरहेका छन्। यसबाट जनताले सामान्य भन्दा पनि सामान्य समस्या हल गरिदिने नेतृत्व खोजेको वाग्ले बताउँछन्।

अघिल्लो स्थानीय निर्वाचनमा देशभर २३३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। ६ पालिकामा प्रमुख, ५ मा उपप्रमुख, ९१ जना वडाध्यक्ष र १३१ वडा सदस्य स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।

लोकतान्त्रिक प्रणालीमा दलको विकल्प त हुँदैन। त्यसैले दलहरु नै सुध्रिउन् भनेर जनताले सबक सिकाउन खोजेको वाग्लेको भनाइ छ। यसको मतलब जनताले विकल्पमा अर्को दल खोजिरहेको अर्थ लगाउन मिलि नहाल्ने उनी बताउँछन्। भन्छन्, ‘जनताले विकल्पमा अर्को दल खोजेको भन्दा पनि अहिले भएकै प्रमुख दलहरु सुध्रनुपर्यो भनेका हुन्। जस्तो, यसबीचमा विकल्प दिन्छौं भनेर विभिन्न पार्टीहरु पनि आए, तर त्यसलाई पनि यसपटक पत्याएको त देखिएन। त्यसैले भएकै पार्टीहरुले यसबाट पाठ सिकेर आफूलाई सुधार गर्नुको विकल्प छैन।’

अर्को ध्यान दिनुपर्ने कुरा, स्वतन्त्र उम्मेदवारले नै जितेको स्थानीय तहका वडामा फेरि पार्टीकै उम्मेदवारले जितिरहेका छन्। यसबाट राजनीतिक दलले योग्य उम्मेदवार दिन नसक्दा मतदातामा असन्तोष पैदा भएको बुझ्न सकिने वाग्लेको भनाइ छ।

अर्का राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल पनि दलहरुको वितृष्णा यसरी समय समयमा ‘ब्यालेट’मा पोखिने गरेको बताउँछन्। उनका अनुसार काठमाडौंमा युवा मतदाता बढेकोले पनि बालेनको पक्षमा धेरै मत खसेको हो। युवाको राम्रै सक्रियता देखिएकोले बालेनले यो स्तरको मत पाउन सफल भएको उनको विश्लेषण छ।

‘पाँच वर्ष पहिलेको र अहिलेको चुनावमा भोटर पनि फरक भए। पार्टीहरुले योग्य उम्मेदवार उठाएनन्। स्थापितजस्तो टेस्टेड मान्छे उठायो एमालेले। त्यसैले यहाँ दलहरुप्रतिको वितृष्णा बालेनमाथि पोखिएको हो,’ उनले भने, ‘जनकपुरमा पनि पार्टीको योग्य उम्मेदवारले टिकट पाएनन्। पार्टीभित्र उम्मेदवारले विद्रोह गरे, जनताले रुचाए। त्यस्तै, धनगढीमा पनि पार्टीहरुले राम्रो व्यवस्थापन गर्न नसक्दा स्वतन्त्रले नै चान्स पाएका हुन्।’

पोखरामा भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलको चर्चा हुँदाहुँदै पनि उल्लेख्य मत पाउन सकेनन्। यसबाट पोखरामा भने पार्टीहरुले राम्रो व्यवस्थापन गरेको र राम्रै उम्मेदवार उठाएको बुझ्न सकिने उनको भनाइ छ। अहिलेको चुनावबाट पाठ सिकेर राजनीतिक दलले कुनै प्रलोभनमा नपरी स्थानीय स्तरमा भिजेको योग्य उम्मेदवार उठाउनुपर्ने बराल सुझाउँछन्।

प्रकाशित: May 17, 2022| 18:40 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...