सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन्।
 |  मंगलबार, जेठ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन्।

triton college

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट नेपाली कांग्रेसका वर्तमान मेयर नृपबहादुर वड उनका निकटम प्रतिद्वन्द्वी हुन्। हमालले ७ हजार ८१६ मत प्राप्त गर्दा वडले ३ हजार ८७२ मतमात्रै प्राप्त गरेका छन्। 

२० हजार मतगणना हुँदा हमालले ३ हजार ९ सय ४४ ले अग्रता कायम गरेका छन्। एमालेका तर्फबाट मेयरका प्रत्यासी रणबहादुर चन्दले १ हजार ९२१ मत प्राप्त गरेका छन्। उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारीले ३ हजार ४१६ मत पाएकी छिन्। एमालेकी कन्दकलाकुमारी रानाले ३ हजार ३०७ मत र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १९०० मत पाएका छन्।

२०७४ को निर्वाचनमा यहाँ कांग्रेसले एकलौटी रुपमा जितेको थियो। त्यसबेला हमालले दोस्रो स्थान लिएका थिए। यसपटक कांग्रेसले अरु तीन दलसँग गठबन्धन गरेको छ। तर, पनि हमालले अग्रता बनाएका छन्। उद्योग वाणिज्य संघको अध्यक्ष भएर काम गरिसकेका हमाल सामाजिक कार्य गरेर लोकप्रिय छन्।

प्रकाशित: May 17, 2022| 17:55 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।