शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रोल्पाको सुनछहरीमा एमाले, कांग्रेस र विप्लवको गठबन्धनलाई हराउँदै माओवादी विजयी

रोल्पाको सुनछहरीमा एमाले, कांग्रेस र विप्लवको गठबन्धनलाई हराउँदै माओवादी विजयी

रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ। गाउँपालिकाको अध्यक्षमा धनबहादुर पुनमगरले ३ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्। 

उनले स्वतन्त्रतर्फबाट उम्मेदवार नेत्रविक्रम चन्द समूहका नेता पुस्तमन घर्तीमगरलाई १ हजार ९ सय १४ मतान्तरले पराजित गरेका हुन्। एमाले, कांग्रेससहितको समर्थनमा अध्यक्षका उम्मेदवार बनेका विप्लवका घर्तीमगरले १ हजार ५ सय २३ मत पाए। यसअघिको निर्वाचनमा पनि धनबहादुरले उक्त पालिका जितेका थिए।

उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्तीमगर विजयी भएकी छन्। उनले ३ हजार ४ सय ९२ मत ल्याइन्। उपाध्यक्ष पदमा उनका प्रतिद्वन्द्वी कांग्रेसका कोमबहादुर बुढामगरले १ हजार ६ सय ११ मत ल्याएका छन्। यस पालिकामा कांग्रेसले १ वडा र माओवादी केन्द्रले ६ वटा वडा जितेको छ। 

प्रकाशित: May 17, 2022| 16:50 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।