शुक्रबार, कात्तिक २८, २०८२

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मत ल्याएर विजयी भएका छन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विकास लामाले ६ हजार १५२ मत ल्याएका छन्। 

National life

२०७४ सालको स्थानीय चुनावमा हारेका नेपाललाई पार्टीले पुनः उनलाई नै अध्यक्षमा उठाएको थियो। उनी अघिल्लो चुनावमा नेपाली कांग्रेसका वंशलाल तामाङसँग पराजित भएका हुन्। सो पालिकामा माओवादी केन्द्र भने तेस्रो भएको छ। माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४१३४ मत प्राप्त गरेका छन्।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ निर्वाचित भएकी छिन्। उनले ६५१३ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दयाकुमारी मिश्र ६४६३ मत प्राप्त गरेकी छिन्।

गाउँपालिकाको वडा नम्बर १, ३, ५, ६ र ९ गरी पाँच वडामा एमालेले जितेको छ भने कांग्रेसले २, ४, ८, १० र ११ गरी पाँचै वडा र माओवादी केन्द्रले ७ र १२ गरी दुई वटा अध्यक्षमा विजयी भएको छ। 


प्रकाशित: May 17, 2022| 15:55 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।